काठमाडाैं– काठमाडौंको बानेश्वरस्थित भिमसेनगोलामा हेल्थ वाइज पोलिक्लिनिक सञ्चालनमा आएको छ ।
फिलिपिन्समा सौन्दर्य उपचार (यष्थेटिक ट्रिटमेन्ट) मा उच्च शिक्षा हासिल गरी सो उपचारमा अन्तर्राष्ट्रिय अनुभव समेत हासिल गरेका युवाहरुको समूहले स्थापना गरेको उपचार केन्द्रको माइती नेपालको अध्यक्ष अनुराधा कोइरालाले उद्घाटन गरेकी छन्।
कस्मेटिक सर्जरीको सेवालाई प्रमुख कार्य बनाएको यस पोलिक्लिनिकले स्वास्थ्य उपचार तथा सौन्दर्य उपचारलाई संयुक्तरुपमा अगाडि बनाउने उद्देश्य राखेको छ । सौन्दर्य र स्वास्थ्य उपचार दुबै बिधालाई एकैसाथ अगाडि लैजाने यो नेपालकै पहिलो पोलिक्लिनिक रहेको संचालकहरुको दाबी रहेको छ ।
नेपालमै पहिलो पटक लेजर ट्रिटमेन्ट र कष्मेटिक सर्जरीको सेवा सुरु गर्न लागेको जानकारी दिँदै पोलिक्लिनिकका सेवाहरुले मानिसलाई शारिरिक र मानसिक रूपमा स्वास्थ्य राख्न र राम्रो देखिन सघाउने संचालकहरुले बताए ।
यस पोलिक्लिनिकले सौन्दर्य उपचार अन्तर्गत हेयर ट्रान्सप्लाण्ट एण्ड रेष्टोरेशन, लेजर्स एण्ड एस्थेटिक, न्युट्रिशन एण्ड एड्भान्स् स्लिमि¨ र फेसियल प्लाष्टिक सर्जरी एण्ड कष्मेटिक सर्जरीअन्तर्गतका सेवाहरु दिनेछ भने स्वास्थ्य उपचारअन्तर्गत डर्माटोलोजी, इन्डोक्रिनोलोजी, नाक, कान र घाँटी, कार्डियोलोजी र अर्थोपेडीकअन्तर्गतका सेवाहरु दिनेछ ।
हप्ताको सातै दिन बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म खुल्ला रहने यस उपचार केन्द्रले संचालनमा आएको अवसरमा आºना हरेक ग्राहक तथा बिरामीहरुलाई एक महिनासम्म सबै खाले उपचारमा १५ प्रतिशतसम्मको छुट दिने घोषणा गरेको छ।