शुक्रबार, असार २६, २०८३

पाकिस्तानमा नेपाली खेलाडीको धमाका, सरुको १० र अनिताको ६ गोल

पाकिस्तान महिला च्याम्पियनसिप खेल्न नेपालबाट त्यहाँ पुगेकी नेपाली खेलाडी सरु लिम्बूले ह्याट्किसहित १० गोल गरेपछि मासा युनाइटेडले सिलकोट महिला फुटबल क्लबलाई १९–० गोलले हराएको छ।
 |  मंगलबार, फागुन २५, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २५, २०७७

काठमाडौं– पाकिस्तान महिला च्याम्पियनसिप खेल्न नेपालबाट त्यहाँ पुगेकी नेपाली खेलाडी सरु लिम्बूले ह्याट्किसहित १० गोल गरेपछि मासा युनाइटेडले सिलकोट महिला फुटबल क्लबलाई १९–० गोलले हराएको छ।

पाकिस्तानमा हिजोबाट सुरु भएको प्रतियोगितामा मासा युनाइटेडले आज पहिलो खेल खेलेको थियो। पहिलो खेलमै सानदार जित निकाल्दै तीन अंक जोडेको हो।

प्रतियोगितामा नेपाली फरवार्ड अनिका केसीले ह्याट्रिसहित ६ गोल गरिन्। सरुले पहिलो हाफको १२ औं, १८ औं, २५ औं, ४० औं ४२ औं र इन्ज्युरी समयमा गोल गरेकी थिइन्। त्यस्तै, उनले दोस्रो हाफको ५४ औं, ६७ औं, ८५ औं र ८८ औं मिनेटमा गो गरेर १० गोल पूरा गरिन्।

त्यस्तै, फरवार्ड केसीले पहिलो हाफको २९ औं मिनेटमा गोल गरिन्। तर दोस्रो हाफको ४९ औं, ५३ औं, ५८ औं, ७२ औं र ७३ औं मिनेटमा गोल गरेकी थिइन्। खेलमा माया युनाइटेडका जारा इक्वाल, गीता राना र समरोज समिर्नाले समान एक गोल गरे।

नेपालमा फागुन सात गते सम्पन्न महिला लिगमा सरु सर्वोत्कष्ट खेलाडी घोषित भएकी थिइन्।
 

प्रकाशित: Mar 09, 2021| 10:45 मंगलबार, फागुन २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।