मंगलबार, भदौ १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एमाले र माओवादीलाई एकताका लागि आयोगले १५ दिनको समय दिने

एमाले र माओवादीलाई एकताका लागि आयोगले १५ दिनको समय दिने

निर्वाचन आयोगले नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रलाई पार्टी एकीकरणका लागि समय दिने भएको छ। 
 |  मंगलबार, फागुन २५, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २५, २०७७

काठमाडौं– निर्वाचन आयोगले नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रलाई पार्टी एकीकरणका लागि समय दिने भएको छ। 

सर्वोच्च अदालतको फैसलाबाट पूर्ववत् अवस्थामै फर्किएका एमाले र माओवादी केन्द्रलाई एकीकरण गर्ने भए १५ दिनभित्र निवेदन दिन आह्वान गर्ने निर्णय निर्वाचन आयोगले गरेको हो।

आज मंगलबार बसेको आयोगको बैठकले राजनीतिक दलसम्बन्धी ऐन २०७३ र राजनीतिक दलसम्बन्धी नियमावली २०७४ विपरीत नहुने गरी दुवै दलले आ–आफ्नो केन्द्रीय समितिबाट दल एकीकरण गर्ने निर्णय गर्नुपर्ने बताएको छ।

त्यस्तै, केन्द्रीय समितिको निर्णयसहित नयाँ दलको रुपमा एकीकरण गर्ने भएमा एकीकरणपछि बन्ने नयाँ दलको नाम र चिह्नसमेत प्रस्ताव गरी १५ दिनभित्र आयोगमा निवेदन दिनका लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई जानकारी दिने आयोगद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

सर्वोच्च अदालतले अस्ति आइतबार ऋषिराम कट्टेलको नेपाल कम्युनिस्ट पार्टीलाई आधिकारिकता दिएपछि नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र ब्युँतिएका छन्। ०७५ जेठ ३ मा भएको एमाले र माओवादी केन्द्रको एकतालाई सर्वोच्चले अस्वीकार गरेको हो।

यस्तो छ आयोगको निर्णय

प्रकाशित: Mar 09, 2021| 10:20 मंगलबार, फागुन २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।