काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ९०३ जनाको शव फेला परेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार अहिलेसम्म ९०३ जनाको शव फेला परेको हो। जसमा रसुवामा २४, नुवाकोटमा ९५, धादिङमा ५५, चितवनमा २७२, गोरखामा ६२, तनहुँमा ३७, नवलपरासी पूर्वमा २०७ र नवलपरासी पश्चिममा १५१ जनाको शव फेला परेको छ।
प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार बाढी तथा विपद्का कारण ४ हजार २४७ जना सम्पर्कविहीन भएका हुन्।
सम्पर्कविहीन हुनेमा जलविद्युत् आयोजनामा कार्यरत ९३३ जना, रसुवाका ८६५, मकवानपुरका ६५ र नुवाकोटका १५५८ जना रहेका छन्। त्यस्तै, नेपाल सेनाका ४५, नेपाल प्रहरीका २५, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५ तथा अध्यागमन कार्यालयका ४ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।
यसैगरी, ५९२ जना विदेशी नागरिक र नेपाल भ्रमणमा आएका विदेशमा बस्ने १२७ जना नेपाली नागरिक समेत सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। त्यस्तै, लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना र क्वारेन्टाइन कार्यालयका ३ जना पनि सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।