मंगलबार, भदौ १६, २०८३

माओवादी अध्यक्ष प्रचण्डले भेटे देउवालाई

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ।
 |  मंगलबार, फागुन २५, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २५, २०७७

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ।

मंगलबार साँझ दुई नेताबीच देउवा निवास बूढानीकलण्ठमा करिब एक घण्टा छलफल भएको हो। भेटवार्तामा के कुराकानी भयो भन्ने खुलेको छैन।

पार्टीको स्थायी कमिटी बैठकलगत्तै दाहाल बूढानीलकण्ठ पुगेका हुन्। माओवादी केन्द्रको बैठकले सत्ता समीकरणका लागि कांग्रेस र जसपासँग छलफल गर्ने निर्णय गरेको थियो।

भेटमा पछिल्लो राजनीतिक घटनाक्रम र सत्ता सहकार्यबारे छलफल भएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए। छलफलमा दाहाल र देउवामात्रै सहभागी थिए।

प्रकाशित: Mar 09, 2021| 12:30 मंगलबार, फागुन २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।