मंगलबार, भदौ १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बास्तोला हत्याका मुख्य अभियुक्तलाई थुनामा राख्न आदेश

बास्तोला हत्याका मुख्य अभियुक्तलाई थुनामा राख्न आदेश

मोरङको उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रवीण बास्तोलाको शंकास्पद मृत्यु प्रकरणमा मुख्य अभियुक्त बनाइएका ३२ वर्षीय राजेश रणपेहलीलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत मोरङले आदेश दिएको छ।
 |  मंगलबार, फागुन २५, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २५, २०७७

विराटनगर– मोरङको उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रवीण बास्तोलाको शंकास्पद मृत्यु प्रकरणमा मुख्य अभियुक्त बनाइएका ३२ वर्षीय राजेश रणपेहलीलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत मोरङले आदेश दिएको छ।

झापाको दमक घर भई उर्लाबारी–६ बस्ने रणपहेलीलाई न्यायाधीश मनोज केसीको इजलासले थुनामा राख्न मंगलबार आदेश दिएको अदालतका सूचना अधिकारी राजेन्द्र धमलाले जानकारी दिए।

उनलाई रुपन्देहीको बुटवल उपमहानगरपालिका–२ फूलबारी चोकबाट गत बिहीबार पक्राउ गरेर मोरङ ल्याइएको थियो। सूचना अधिकारी धमलाका अनुसार रणपहेलीविरुद्ध दर्ता भएको कर्तव्य ज्यान मुद्दामा कानुन व्यवसायीको थुनछेक बहस सकिएपछि थुनामा राख्न अदालतले आदेश दिएको हो। 

रणपहेलीसहित झापाको गौरादह नगरपालिका–९ का ३१ वर्षीय दिपेश पौडेल, मोरङको रतुवामाई नगरपालिका–१० का २९ वर्षीय निकेश शिवा भनिने मेहरमान दर्जी, कानेपोखरी गाउँपालिका घर भई उर्लाबारी– ६ मा बस्दै आएका १९ वर्षीय सुदीप परियार, उर्लाबारी–९ का ३४ वर्षीय कुमार राई र उर्लाबारी–६ का ६० वर्षीय रमेश गिरीलाई प्रतिवादी बनाइएको छ।  प्रहरीले सबै प्रतिवादीलाई नियन्त्रणमा लिइसकेको छ।

अन्य प्रतिवादीहरु दर्जी, राई, गिरी र परियार यसअघि नै पक्राउ परिसकेका छन्। दर्जी र परियार अदालतको आदेशबाट पूर्पक्षका लागि थुनामा छन् भने आदेश अनुसार राई तीन लाख र गिरी एक लाख रुपैयाँ धरौटी बुझाएर छुटिसकेका छन्।

गत  पुस ५ गते उर्लाबारी–६ स्थित रमेश गिरीको घरमा बास्तोलाको शंकास्पद मृत्यु भएको अवस्थामा शव भेटिएको थियो। 

प्रकाशित: Mar 09, 2021| 12:53 मंगलबार, फागुन २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।