शुक्रबार, असार २६, २०८३

काठमाडौं मेयर कप : बाग्मतीको पहिलो जित, एपीएफको पहिलो हार

काठमाडौं मेयर कपअन्तर्गत त्रिवि क्रिकेट मैदानमा आज मंगलबार सम्पन्न खेलमा बाग्मती प्रदेशले एपीएफको अपराजित यात्रामा विराम लगाइदिएको छ।
 |  मंगलबार, फागुन २५, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २५, २०७७

काडमाडौं– काठमाडौं मेयर कपअन्तर्गत त्रिवि क्रिकेट मैदानमा आज मंगलबार सम्पन्न खेलमा बाग्मती प्रदेशले एपीएफको अपराजित यात्रामा विराम लगाइदिएको छ।

२३४ रनको लक्ष्य पाएको एपीएफ ४४ ओभर पाँच बल टिक्दै २०६ रनमा समेटिएपछि बाग्मतीले पहिलो जित निकालेको हो।

सुरुआति दुई खेलमा हार बेहोेरेर जित्नैपर्ने दबाबमा रहेको बाग्मतीले पूरा ओभर खेल्दै ६ विकेट गुमाएर २३३ रन बनाएपछि एपीएफले २३४ रनको लक्ष्य पाएको थियो।

बाग्मतीको जितका लागि बलर सानु देवकोटाले एपीएफको ६ विकेट गिराए। सबैभन्दा कम ३.५ को इकोनोमी प्रदान गरेका रामनरेश गिरीले दुई विकेट लिए भने एरियो पैडेलले पनि दुई विकेट नै गिराए।

बाग्मतीको कसिलो बलमा एपीएफका आसिफ शेखले ५० रन हाने भने शंकर रानाले पनि २९ रनको योगदान दिए।

त्यस्तै, अमर रौटेलाले २७, सन्दीप जोराले २५ र भुवन देवकोटाले १४ रन बनाए। टस हारेर पहिलो इनिङमा ब्याटिङको निम्तो पाएको बाग्मतीका कप्तान ज्ञानेन्द्र मल्लले ५७ रन बनाउँदा पारस खड्कासँग ४९ रनको साझेदारी गरेका थिए।

एपीएफलाई चुनौतिपूर्ण लक्ष्य पेस गर्ने क्रममा नन्दन यादवले ६० रनको अर्धसतकिय पारी खेले। घरेलु एक दिवसीय क्रिकेट प्रतियोगितामा नन्दन यादवको यो सर्वाधिक रनसमेत हो।

त्यस्तै, ब्याट्स्मेन खड्काले २९ रन बनाए। पृथु वास्कोटाले उत्कृष्ट प्रदर्शन गर्न नसकेको खेलमा इशान पाण्डेले ३१ रन र आदिल खानले ३४ रन बनाए।

बलिङतर्फ, एपीएफका अमर रौटेला र किशोर महतोले समान २,२ विकेट गिराए भने अभिनाष बोहरा र बसन्त रेग्मीले समान १,१ विकेट लिए।

आजको खेलमा बाग्मतिले जित निकालेसँगै फाइनलमा पुग्ने टिमका लागि बाँकी रहेका खेलको प्रतीक्षा गर्नुपर्ने भएको छ। आज जित निकालेको भए एपीएफ फाइनलमा पुग्ने बलियो सम्भावना थियो।

तर सबै टिमले कम्तीमा एक खेल हारेको अवस्थामा फाइनलमा पुग्ने टिमको लागि प्रतिस्पर्धा अझै पेचिलो बनेको छ।
 

प्रकाशित: Mar 09, 2021| 11:42 मंगलबार, फागुन २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।