मंगलबार, भदौ १६, २०८३

पोखरामा पर्यटक ल्याउन  पश्चिम नेपालमा प्रवर्द्वन

पश्चिम नेपाल र पोखराबीच कनेक्टिभिटी विस्तार र पर्यटकीय लाभका लागि आपसी सहकार्यको विषयलाई जोड दिँदै पश्चिम नेपालमा पोखरा प्रवर्द्वन गरिएको छ। 
 |  मंगलबार, फागुन २५, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २५, २०७७

पोखरा– पश्चिम नेपाल र पोखराबीच कनेक्टिभिटी विस्तार र पर्यटकीय लाभका लागि आपसी सहकार्यको विषयलाई जोड दिँदै पश्चिम नेपालमा पोखरा प्रवद्र्धन गरिएको छ। 

पश्चिमाञ्चल होटल संघ पोखराको आयोजनामा जाऊँ है पोखरा अभियान अन्तर्गत सञ्चालित आन्तरिक पर्यटन पुनरुत्थान तथा पर्यटन प्रवद्र्धन कार्यक्रम पश्चिम नेपालमा सम्पन्न भएको छ। फागुन २१ देखि २४ गते सम्म पश्चिम नेपालका नेपालगञ्ज, धनगढी र बर्दियामा स्थानीय व्यवसायी र सञ्चारकर्मीसँग पोखराका होटलकर्मीहरु छलफल र अन्तरक्रियामा जुटे। 

गएको मंसिर २४ देखि २७ गतेसम्म पूर्वी नेपालका विभिन्न सहरमा सञ्चालित जाउँ है पोखरा अभियानको दोस्रो संस्करणका रुपमा पश्चिम नेपालमा पनि सञ्चालित प्रबद्र्धन अभियान प्रभावकारी रुपमा सम्पन्न भएको आयोजक संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए। नेपाल पर्यटन बोर्डसँग मिलेर संघले यो अभियान गरेको हो।

पश्चिम नेपालमा आयोजित कार्यक्रममा व्यवसायीले पोखरा पुग्नका लागि नेपालगञ्ज र धनगढीबाट सिधा हवाई उडान हुनुपर्ने र महेन्द्रनगर विमानलस्थललाई समेत सञ्चालनमा ल्याई पोखरासम्म हवाई सेवा सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए। 

फागुन ७ गतेदेखि सीता एयरले हप्तामा २ दिन पोखरा नेपालगञ्ज रुटमा चार्टर्ड उडान सञ्चालन गर्दै आएको छ। यस्तो उडानलाई नियमित उडानको रुपमा सञ्चालन गरी दिगोपना दिनुपर्ने विषयमा व्यवसायीले चर्चा गरेका थिए। ४०–४५ मिनेटको यो उडान अन्तर्गत ८ हजार रुपैयाँमा एकोहोरो यात्रा गर्न सकिने बताइएको छ। 

तर कोभिड– १९ का कारण विगत लामो समयदेखि नेपाल भारत सिमा नाका बन्द हुँदा भारतीय पर्यटक नेपाल आउन सकेका छैनन्। नाका खुलेमा बुद्ध एयरले समेत नेपालगञ्जबाट दैनिक पोखरा उडान गर्ने बुद्ध एयरका विनीत शाहले बताए। त्यसैले पनि पोखरा र पश्चिमका व्यवसायीले भारतीय सीमा नाका यथासक्य छिटो खोल्न माग गर्दै आएका छन्। होटल व्यवसायी संघ धनगढीका अध्यक्ष कलम बमले सिमा नाका खोल्ने विषयलाई प्राथमिकता दिनु पर्ने भनाइ राखे।

यस्तो भएमा पश्चिम नेपाल आइपुग्ने भारतीय लगायत अन्य पर्यटकलाई त्यहाँका व्यवसायीले पोखरा पुर्याउने र पोखराका व्यवसायीले पोखरा घुम्न आउने देशीविदेशी पर्यटकलाई पश्चिम पुर्याउन सहयोग गरी आपसी पर्यटकीय लाभ लिने विषयमा समेत छलफल गरिएको थियो। 

तर अहिले पर्यटक आगमन नै नगन्य हुँदा सबै तिरका पर्यटन व्यवसायी समस्यामा परेका छन्। कोभिड– १९ ले थला परेको पर्यटनलाई पुनर्जीवन दिँदै आन्तरिक पर्यटनलाई चलायमान बनाउने उद्देश्यले प्रबद्र्धन अभियान सञ्चालन गरिएको आन्तरिक पर्यटन पुनर्उत्थान समिति गण्डकी प्रदेशका सहसंयोजक समेत रहेका तुलाचनले जानकारी दिए। पश्चिमाञ्चल होटलसंघको सल्लाहकार समितिका संयोजक हरि शर्मा गैरेले आन्तरिक पर्यटकको महत्व सरकारले बल्ल बुझ्न थालेको भन्दै पर्यटनलाई अगाडि बढाउन व्यवसायीबीच सहकार्य जरुरी भएको भनाइ राखे।

नेपालगञ्जमा आयोजित कार्यक्रममा क्षेत्रीय होटल संघ नेपालगञ्जका अध्यक्ष आतिष समशेर राणाले कोभिड १९ का कारण होटल क्षेत्र ठूलो मारमा परेको भन्दै पोखरा र पश्चिमका व्यवसायी मिलेर भारतीय पर्यटक लक्षित मुक्तिनाथ दर्शनको प्याकेज विक्री गर्न सकिने प्रस्ताव राखे। 

नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले नेपालगञ्ज–पोखराबीच हवाई सेवा सञ्चालन आरम्भ हुनु सुखद पक्ष भएको बताए। पर्यटन प्रबद्र्धन मञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले २ सहरबीच सुरु भएको हवाई सेवाले सकारात्मक सन्देश दिएको भन्दै यी सहरका व्यवसायी आपसी लाभका लागि हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताए। 

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले निजी क्षेत्रले सरकारको मात्र मुख ताकेर बस्न नहुने भनाइ राखे। पश्चिमाञ्चल होटल संघ पोखराका निवर्तमान अध्यक्ष एवं होटल संघ नेपालका केन्द्रीय सदस्य भरतराज पराजुलीले जाऊँ है पोखरा अभियानले आन्तरिक पर्यटन प्रबद्र्धनमा ठूलो प्रभाव पर्दै आएको भन्दै पर्यटनलाई थप चलायमान बनाउन कनेक्टिभिटी महत्वपूर्ण हुने भनाई राखे। आपसी सम्बन्ध विस्तारका लागि समेत आफूहरु पश्चिम नेपाल पुगेको उनले सुनाए।

प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाई सुदूर पश्चिमका प्रमुख भोजराज पाठकले हवाई र सडक यातायात पर्यटनका लागि अनिवार्यजस्तै हुने बताए। कञ्चनपुरमा आयोजित कार्यक्रममा होटल व्यवसायी महांघका पर्यटन सचिव एवं पर्यटन पुनर्उत्थान समितिका सहसंयोजक परमानन्द भण्डारीले पर्यटन विकासका लागि प्याकेजहरु बनाएर अगाडि बढ्नुपर्ने सुझाव राखे। होटल व्यवसायी संघ कञ्चनपुर अध्यक्ष जगदीशचन्द्र भट्टले शुक्लाफाँटलगायत पर्यटकीय सम्पदाले त्यस क्षेत्रको महत्व बढाएको बताए।

उद्योग वाणिज्य संघ कञ्चनपुरका उपाध्यक्ष हेमराज जोशीले पनि कार्यक्रममा भनाई राखेका थिए। कार्यक्रममा नेपाल पर्यटन बोर्डका सदस्य विप्लव पौडेलको पनि सहभागिता रहेको पश्चिमाञ्चल होटल संघ पोखराका महासचिव गणेशराज पहारीले बताए। 

प्रकाशित: Mar 09, 2021| 11:50 मंगलबार, फागुन २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।