काठमाडौं– प्रतिनिधिसभामा टेबुल भएको संवैधानिक परिषदसम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेशको प्रमुख तीन दलले विरोध गर्ने भएका छन्।
प्रतिनिधिसभा पुनःस्थापना भएपछि बसेको पहिलो प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लिलानाथ श्रेष्ठले होहल्लाकै बीच उक्त अध्यादेश टेबुल गरेका थिए।
उक्त अध्यादेशविरुद्ध नेकपा (एमाले) बाहेकका दलले विरोधको सूचना दर्ता गराएका हुन्।
कांग्रेसका तर्फबाट पुष्पा भुसाल गौतम, माओवादी केन्द्रका तर्फबाट यशोदा सुवेदी, टेकबहादुर बस्नेत, सन्तकुमार थारु र दुर्गा कुमारी विश्वकर्माले दर्ता विरोधपत्र गराएका हुन्।
यस्तै जसपाका तर्फबाट लक्ष्मणलाल कर्ण र मोहम्मद इस्तिफाक राईले विरोधपत्र दर्ता गराएका छन्।