ललितपुर– ललितपुरको पाटनस्थित कुमारी छेँको पुनर्निमाण हुने भएको छ।
भारतको सहयोगमा पुनर्निर्माण हुने मन्दिरको मंगलबार नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले शिलान्यास गरेका हुन्।
शिलान्यास समारोहमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, पूर्वसंस्कृति मन्त्री बुद्धिराज बज्राचार्य, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका परियोजना निर्देशक श्यामकिशोरलगायतको उपस्थिति थियो।
मन्दिर निर्माणका लागि भारतले आर्थिक सहयोग गर्ने छ। कुमारी छेँ जिर्ण भएकोले पुनर्निर्माण गर्नुपरेको जनाइएको छ।