बुधबार, कात्तिक १९, २०८२

एमालेसँग सत्ता सहकार्य हुँदैन : जसपा

जनता समाजवादी पार्टीले विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धि बचाउनु नै अहिलेको मुख्य विषय भएको बताएको छ।
 |  मंगलबार, फागुन २५, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २५, २०७७

काठमाडौं– जनता समाजवादी पार्टीले विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धि बचाउनु नै अहिलेको मुख्य विषय भएको बताएको छ। 

Kumaribank

पार्टी संसदीय दलको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै जसपा नेता राजेन्द्र श्रेष्ठले भने, ‘जसले ती उपलब्धि समाप्त गर्न खड्ग लिएर हिँडेको छ, उसैसँग सहकार्य हुन सक्दैन। जसको विरुद्ध लडाइँ लडिएको छ, उसैसँग घाँटी जोड्ने कुरा हुँदैन। गठबन्धन त प्राकृतिक हुनुपर्छ।’

श्रेष्ठले प्रधानमन्त्री केपी ओलीप्रति लक्षित गर्दै यस्तो बताएका हुन्। तर, राजनीतिक निकासका लागि सबै पक्षसँग संवाद गर्न भने पार्टी तयार रहेको उनले बताए।  सहकार्यका बारेमा पार्टी छलफलकै क्रममा रहेको उनले सुनाए। 

संघीय समाजवादी र जनता समाजवादी पार्टी एकीकृत भएर जनता समाजवादी पार्टी बनेपछि पहिलोपटक संसदीय दलको बैठक बसेको हो। 

प्रकाशित: Mar 09, 2021| 10:58 मंगलबार, फागुन २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।