आइतबार, चैत १, २०८२

च्याम्पियन्स लिगमा युभेन्टसलाई पुनरागमनको अवसर

यूईएफए च्याम्पियन्स लिगअन्तर्गत आज (मंगलबार) राति दुई खेल हुँदैछन्।
 |  मंगलबार, फागुन २५, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २५, २०७७

काठमाडौं– यूईएफए च्याम्पियन्स लिगअन्तर्गत आज (मंगलबार) राति दुई खेल हुँदैछन्। राति पौने २ बजे इटालीको टुरिनमा हुने खेलमा युभेन्टसले पाहुना टिम पोर्टोलाई स्वागत गर्नेछ।

National life

अन्तिम १६ को पहिलो लेगअन्तर्गतको खेलमा पोर्टोले घरेलु मैदानमा युभेन्टसलाई २–१ गोलले हराएको थियो। यसकारण एक गोलले पछि परेको अवस्थामा दोस्रो लेगको खेल सुरु हुनेछ।

आजको खेलमा पुनरागमन गर्न सके युभेन्टसलाई क्वार्टरफाइनलमा जाने अवसर समेत छ। तर पहिलो खेलमै अग्रता बनाएको पोर्टोले च्याम्पियन्स लिगमा पछिल्ला खेलहरुमा उत्कृष्ट खेल प्रदर्शन गर्दै आइरहेको कारण युभेन्टसका लागि त्यो सपना पूरा गर्न भने निकै कठिन छ।

च्याम्पियन्स लिगअन्तर्गत यसअघिको खेलमा युभेन्टसले पोर्टोलाई दुई घरेलु खेलमा हराइसकेको छ। जहाँ उसले २००१ को अक्टोबरमा ३–१ गोलले हराएको थियो भने २०१७ को मार्चमा १–० गोलले हराएको थियो।

त्यस्तै पोर्टोले इटालियन माटोमा राम्रो नतिजा बनाउन सकेको छैन। १९९६ मा एसी मिलानविरुद्ध जित निकालेयता उसले इटालियन भूमिमा घरेलु टिमलाई हराउन सकेको छैन।

Laxmi sunrise bank
kumari

त्यसैले आजको खेलमा पोर्टोलाई पनि इतिहास रच्ने मौका हुनेछ। यता युभेन्टसले घरेलु मैदानमा खेलेका पछिल्ला १२ नकआउट खेलमा दुईपटक मात्र हार बेहोरेको छ।

त्यस्तै, अन्तिम १६ कै वेस्टफलन रंगशाला जर्मनीमा हुने अर्को खेलमा घरेलु टिम बोरुसिया डर्टमन्डले स्पेनिस क्लब सेभियाको सामना गर्नेछ।

डर्टमन्डले पहिलो लेगको खेलमा सेभियाविरुद्ध उसकै घरेलु मैदानमा ३–२ गोलको जित निकालिसकेको छ। तर पछिल्लो सिजनमा युरोपा लिग जितेको सेभिया बलियो रणनीतिका साथ च्याम्पिन्स लिग खेलिरहेको कारण उसलाई पुनः हराउन डर्टमन्डलाई सहज हुनेछैन।

बरु सेभिया डर्टमन्डकै मैदानमा घरेलु टिमलाई हराउँदै आफ्नो मैदानमा बेहोरेको हारको बदला लिन चाहन्छ। सन् २०१०–११ मा पनि युरोपा लिगमा वेस्टफलनमै भएको खेटमा डर्टमन्डले १–० गोलको हार बेहोरेको थियो।

तर पछिल्लो नतिजा हेर्दा सेभियाले जर्मनीमा खेलेको चारमध्ये तीन खेलमा हार बेहोरेको छ। साथै डर्टमन्ड पछिल्लो सात खेलमा होम गेममा अपराजित छ।

प्रकाशित: Mar 09, 2021| 12:57 मंगलबार, फागुन २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।