सोमबार, भदौ २२, २०८३

प्रधानमन्त्री शाह असोज ६ गते अमेरिका जाने, ९ गते फर्किने

 |  सोमबार, भदौ २२, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २२, २०८३

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन असोज ६ गते न्यूयोर्क प्रस्थान गर्ने तय भएको छ।

परराष्ट्र स्रोतका अनुसार प्रधानमन्त्री शाहले असोज ८ गते राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यतालिका तय भएको छ।  

प्रधानमन्त्री शाहले सचिवालयका चार सदस्य, परराष्ट्रमन्त्री शिशिर खनाल, परराष्ट्रसचिव अमृतबहादुर राईसहितको सानो टोलीसहित न्यूयोर्क जाने तयारी गरेका छन्।

राष्ट्रसंघको महासभामा नेपालमा भोटेकोशी बाढीको रुपमा जलवायु परिवर्तनको असरका कारण आएको महाविपत्ति बारे विश्वलाई आफ्ना कुरा राख्ने तयारी प्रधानमन्त्री शाहले गरिरहेका छन्। जलवायु परिवर्तनको अहिलेसम्मकै ठुलो असरको रुपमा देखिएको भोटेकोशी बाढीपछि नेपालले जलवायु न्यायको विषय जोडदार रुपमा उठाउनुपर्ने अवस्था बनेपछि प्रधानमन्त्री शाह न्यूयोर्क जान लागेका हुन्। उनी यसअघि राष्ट्रसंघमा जाने कुनै कार्यक्रम रहेको थिएन।

प्रधानमन्त्री शाह सम्बोधनको अर्को दिन असोज ९ गतेनै स्वेदश फर्किने कार्यक्रम तय भएको बताइएको छ।

प्रकाशित: Sep 07, 2026| 19:29 सोमबार, भदौ २२, २०८३
प्रतिक्रिया दिनुहोस्