काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले ८ नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ।
बैंकले इलामको नेपालटार, सिराहाको बन्दीपुर, रसुवाको थुमन, तनहुँको टुहुरेपसल, कैलालीको मिलनचोक, लमजुङको कोइरालाफाँट, बाँकेको सिमलघारी र अर्घाखाँचीको रतनमारेमा शाखारहित सेवा सुरु गरेको हो।
यीसँयै ग्लोबल आइएमई बैंकको शाखारहित सेवा संख्या २५३ पुगेको छ। शाखारहित सेवाबाट ग्राहकले प्रतिनिधिमार्पmत बैंकिङ सेवा लिन सक्छन्।
यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, खातामा भएको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी गर्नेलगायत सुविधा हुने बैंकले जनाएको छ।