शुक्रबार, असार २६, २०८३

पीएम कप महिला भलिबलको उपाधि एपीएफलाई

सशस्त्र प्रहरीको विभागीय टिम एपीएफले प्रधानमन्त्री कप महिला भलिबलको उपाधि जितेको छ।
 |  मंगलबार, फागुन २५, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २५, २०७७

काठमाडौं– सशस्त्र प्रहरीको विभागीय टिम एपीएफले प्रधानमन्त्री कप महिला भलिबलको उपाधि जितेको छ।

मंगलबार नेपालगञ्ज रंगशालामा सम्पन्न अन्तिम खेलमा उसले डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै लिग जितेको हो।

उपाधि जितेसँगै एपीएफले पाँच लाख र पुलिसले तीन लाख पुरस्कार जितेको छ। सिंगल राउन्ड रोविन शैलीमा भएको प्रतियोगिताको आज सम्पन्न अन्तिम खेलमा एपीएफले पुलिसलाई २५–२२, २५–२३ र २५–१९ को सेटमा पराजित गरेको थियो।

खेलका तीनै सेट प्रतिस्पर्धात्मक बने पनि पुलिसले कुनै सेट आफ्नो पक्षमा पार्न सकेन।

त्यस्तै, आजै सम्पन्न अर्को खेलमा होङ्गान्जी न्यु डायमन्ड स्पोर्टस् क्लबले लुम्बिनी युनाइटेड क्लबलाई ३–० कै सेटमा पराजित गरेको छ। अन्तिम खेलमा जित निकालेसँगै होङ्गान्जी क्लबले तेस्रो स्थानमा रहँदै लिग सकेको छ।

उसले लुम्बिनीमाथि २५–१६, २५–११ र २५–१३ को जित निकाल्दै पुरस्कारस्वरुप एक लाख रुपैयाँ प्राप्त गरेको छ। 

प्रतियोगितामा पुलिस, आर्मी र एपीएफ गरि तीन विभागीय टोलीसहित होङ्गान्जी न्यु डायमन्ड र लुम्बिनी गरि पाँच टिमको सहभागीगता रहेको थियो। त्यसमा आर्मी चौथो भयो भने लुम्बिनी जितबिहिन रहँदै तालिकाको पुछारमा रह्यो।
 

प्रकाशित: Mar 09, 2021| 12:13 मंगलबार, फागुन २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।