लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् ओली निकट एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले रामबहादुर थापा बादलको तुलना खिमलाल देवकोटासँग हुनै नसक्ने टिप्पणी गरेका छन्।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको छात्रवृत्ति शाखाले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजमा निःशुल्क छात्रवृत्तिमा अध्ययन गर्न आवेदन दिएका उम्मेदवारहरूको योग्यताक्रम प्रकाशित गरेको छ।
विज्ञानको उपेक्षा, सतर्कता अभ्यासको परित्याग र सरकारको गैर–जिम्मेवारीका कारण देश फेरि एकपटक महामारीको लहरमा फसेको छ। विज्ञका सुझाव ग्रहण गर्दै सामुदायिक सक्रियतामै यसलाई निस्तेज पार्न सकिन्छ।