बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक, महत्त्वपूर्ण निर्णय हुन सक्ने

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक, महत्त्वपूर्ण निर्णय हुन सक्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। 
 |  शनिबार, वैशाख २५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २५, २०७८

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अपरान्ह ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्न लागेको जानकारी दिए।

उनका अनुसार बैठकमा कोभिड-१९ रोकथाम नियन्त्रणलगायतका विषय र समसामयिक विषयमा छलफल हुनेछ। सामान्यतया सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गर्छ। तर, विशेष निर्णय लिनुपर्दा जुनसुकै दिन पनि बैठक बोलाउने गरिएको छ।

पछिल्लो केही दिनदेखि विकसित राजनीतिक घटनाक्रम हेर्दा आजको आकस्मिक बैठकले कुनै ठोस निर्णय गर्न सक्ने अनुमान गरिएको छ।  

आगामी २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने तयारी गरेका छन् भने आइतबार संवैधानिक परिषदको बैठक बोलाएका छन्।

प्रकाशित: May 08, 2021| 05:09 शनिबार, वैशाख २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।