बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संसदमा कोरोना परीक्षण गराएकामध्ये १६० जनाको रिपोर्ट पोजेटिभ

संसदमा कोरोना परीक्षण गराएकामध्ये १६० जनाको रिपोर्ट पोजेटिभ

वैशाख २७ गते बस्ने संघीय संसदको बैठकका लागि कोरोना परीक्षण गराएका सांसद, संसदका कर्मचारी तथा पत्रकारमध्ये १६० जनाको रिपोर्ट पोजेटिभ आएको छ।
 |  शनिबार, वैशाख २५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २५, २०७८

काठमाडौं- वैशाख २७ गते बस्ने संघीय संसदको बैठकका लागि कोरोना परीक्षण गराएका सांसद, संसदका कर्मचारी तथा पत्रकारमध्ये १६० जनाको रिपोर्ट पोजेटिभ आएको छ।

यही वैशाख २२, २३ र २४ गते गरिएको १ हजार २३५ जनाको परीक्षणमा ११.९७ प्रतिशतमा कोरोना पुष्टि भएको संसद सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार २०५ जना सांसद तथा १ हजार ३० जना कर्मचारी एवम् पत्रकारको कोरोना परीक्षण गरिएको थियो। जसमध्ये राष्ट्रियसभाका १ सहित १९ जना सांसदको रिपोर्ट पोजेटिभ आएको छ।

त्यस्तै सघीय संसद सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकीय सचिव, सुरक्षाकर्मी, संसदीय मामिला पत्रकार र संसद रहेको बीआईसीसीका कर्मचारी गरी १४१ जनामा कोरोना पष्टि भएको छ।

प्रकाशित: May 08, 2021| 09:19 शनिबार, वैशाख २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।