बिहीबार, भदौ ११, २०८३

बादलको तुलना खिमलालसँग हुनै सक्दैन : शंकर पोखरेल

लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् ओली निकट एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले रामबहादुर थापा बादलको तुलना खिमलाल देवकोटासँग हुनै नसक्ने टिप्पणी गरेका छन्।
 |  शनिबार, वैशाख २५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २५, २०७८

काठमाडौं - लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् ओली निकट एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले रामबहादुर थापा बादलको तुलना खिमलाल देवकोटासँग हुनै नसक्ने टिप्पणी गरेका छन्। जेठ ६ मा बागमतीमा हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनको सन्दर्भलाई जोडेर पोखरेलको यस्तो टिप्पणी आएको हो।

बागमतीमा नेकपा एमालेबाट रामबहादुर थापाले उम्मेदवारी दिएका छन्। विपक्षी गठबन्धनले माधव नेपाल निकट रहेका डा. खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाएको छ। 

‘जसरी माधव कमरेडको तुलना बादल कमरेडसँग हुँदैन भनेर हामी भन्छौं, त्यसरी नै बादल कमरेडको तुलना खिमलाल देवकोटासँग हुनै सक्तैन। मनन गरौ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

प्रकाशित: May 08, 2021| 07:15 शनिबार, वैशाख २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।