बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बाँकेमा पाँच र रुपन्देहीमा थप दुई संक्रमितकाे मृत्यु

बाँकेमा पाँच र रुपन्देहीमा थप दुई संक्रमितकाे मृत्यु

 कोरोना भाइरस संक्रमणका कारण बाँके र रुपन्देहीमा थप सातजनाको मृत्यु भएको छ।
 |  शनिबार, वैशाख २५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २५, २०७८

रूपन्देही - कोरोना भाइरस संक्रमणका कारण बाँके र रुपन्देहीमा थप सातजनाको मृत्यु भएको छ। भेरी अस्पतालमा चार, बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई र एकजनाको शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो।

उपचारका लागि वैशाख २२ गते कोरोना विशेष अस्पतालमा भर्ना भएका बुटवल-१ का ४८ वर्षका पुरुषको गएराति ११ बजे मृत्यु भएको हो।

गत २२ गते नै भर्ना भएकी बुटवल-११ कालिकानगरकी ३० वर्षीया महिलाको आज बिहान मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए। योसँगै रुपन्देहीमा हालसम्म कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २५५ पुगेको छ।

यसैगरी बाँकेमा मृत्यु हुनेमा चार नेपालगञ्ज र एकजना बर्दियाका रहेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेजबहादुर वलीले जानकारी दिए। उन्का अनुसार, नेपालगञ्जस्थित भेरी अस्पतालमा वैशाख १६ गते भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका-१४ की ३८ वर्षीया महिलाको आज बिहान, वैशाख २१ गते भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका-१ का ६४ वर्षीय पुरुषको गएराति, वैशाख २४ गते भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका-१२ का ६७ वर्षीय पुरुष र वैशाख २३ गते भर्ना भएका बर्दिया बढैयाताल गाउँपालिका-७ का ५२ वर्षीय पुरुषको  गएराति उपचारको क्रममा मृत्यु भएको हो।

यसैगरी वैशाख १३ गते शिक्षण अस्पताल कोहलपुरमा उपचारको लागि भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका-१० की ३८ वर्षीया महिला बिहान मृत्यु भएको छ।

योसँगै बाँकेमा कोरोनाबाट १७४ जनाको मृत्यु भएको छ। बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउँदा १३१ जनाको मृत्यु भएको छ।

तीब्र गतिमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेको बाँकेमा ७३१ नयाँ सङ्क्रमित थपिएका छन्। शुक्रबारमात्रै बाँकेमा १०९ जनाले कोरोना जितरे घर फर्किएका छन्। रासस

प्रकाशित: May 08, 2021| 04:21 शनिबार, वैशाख २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।