बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्रीलाई गगन थापाको प्रश्न : योभन्दा आकस्मिक कार्य के छ तपाइँको ?

प्रधानमन्त्रीलाई गगन थापाको प्रश्न : योभन्दा आकस्मिक कार्य के छ तपाइँको ?

नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीलाई देशमा कोरोना महामारीको अवस्थामा योभन्दा आकस्मिक कार्य के छ भन्दै प्रश्न गरेका छन्।
 |  शनिबार, वैशाख २५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २५, २०७८

काठमाडौं- नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीलाई देशमा कोरोना महामारीको अवस्थामा योभन्दा आकस्मिक कार्य के छ भन्दै प्रश्न गरेका छन्।

उनले केही दिनअघि प्रधानमन्त्रीले ओलीले देशमा अक्सिजनको समस्या छैन, सिलिण्डरको कमी मात्र हो भर्न अभाव हुँदैन भनेको स्मरण गर्दै अहिले तपाईँलाई यो भन्दा आकस्मिक काम के परेको छ भन्ने प्रश्न गरेका हुन्।

सामाजिक सञ्जाल फेसबुकमा पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका थापाले अहिले काठमाडौं बाहिर मात्र नभई काठमाडौंकै कयौँ अस्पतालमा अक्सिजन पुनः भर्न नपाएर सञ्चालक र स्वास्थ्यकर्मी अत्तालिएको उल्लेख गरेका छन्।

थापाले लेखेका छन्, ‘प्रधानमन्त्रीज्यू केही दिन अघिसम्म अक्सिजनमा समस्या छैन, सिलिण्डरको कमी हो, भर्न अभाव हुँदैन भनेर प्रचारबाजी हुँदैथियो। अहिले काठमाडौं बाहिर मात्र हैन भित्रकै कयौँ अस्पतालमा अक्सिजन पुनः भर्न नपाएर सञ्चालक र स्वास्थ्यकर्मी अत्तालिएका छन्। आजका दिनमा योभन्दा आकस्मिक कार्य के छ तपाइँको?’

प्रकाशित: May 08, 2021| 09:12 शनिबार, वैशाख २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।