बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओलीलाई माधव नेपालको चेतावनी : गलत बाटोबाट गरिने नियुक्ति तत्काल बन्द गर्नुस्

ओलीलाई माधव नेपालको चेतावनी : गलत बाटोबाट गरिने नियुक्ति तत्काल बन्द गर्नुस्

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले गलत बाटोबाट गरिने नियुक्ति प्रयासहरू तत्काल बन्द गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन्।
 |  शनिबार, वैशाख २५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २५, २०७८

काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले गलत बाटोबाट गरिने नियुक्ति प्रयासहरू तत्काल बन्द गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै नेता नेपालले यस्तो चेतावनी दिएका हुन्। 

कोरोना भाइरस (कोभिड–१९)नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुको साटो बलमिच्याइँ गरी अध्यादेशमार्फत् संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन एवम् अलोकतान्त्रिक कार्य भएको उनले उल्लेख गरेका छन्।

‘मुलुकमा उत्पन्न विषम् परिस्थितिमा सरकार जनताप्रतिको आफ्नो मुख्य दायित्वबाट च्यूत हुन मिल्दैन,’ उनले भनेका छन्, ‘अतः गलत बाटोबाट गरिने यस्ता नियुक्ति प्रयासहरू तत्काल बन्द गर्न र जनताको जीवन रक्षामा ध्यान केन्द्रित गर्न आह्वान गर्दछु।’

प्रधानमन्त्री ओलीले रिक्त संवैधानिक निकायमा पदपूर्ति गर्नकै लागि आइतबार बिहान संवैधानिक परिषद्को बैठक बोलाएका छन्। प्रतिनिधिसभाको बैठक बोलाइसकेको अवस्थामा केही दिनअघि पुनः संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरिएको थियो। 

त्यही अध्यादेशमा टेकेर उनले रिक्त लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहितका निकायमा पदपूर्ति गर्ने तयारी गरिरहेका छन्।

प्रकाशित: May 08, 2021| 03:15 शनिबार, वैशाख २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।