आइतबार, मंसिर ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

निषेध आदेशको असर : लाखौंको टमाटर बारीमै कुहिँदै

 |  शनिबार, वैशाख २५, २०७८
nespernesper

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

शनिबार, वैशाख २५, २०७८

जहदा (मोरङ)- मोरङ जहदामा नरेश सिंहको बारीभरि टमाटर पाकेर राताम्मे भएको छ। दुई बिघा जमिनमा टमाटर खेती गरेका सिंहले राम्रो आम्दानी हुने आश गरेका थिए। 

triton college

टमाटर बिक्री सुरु भइरहेको समयमा कोरोनाको संक्रमण बढेको भन्दै स्थानीय प्रशासनले निषेध आदेश जारी गर्‍यो। निषेध आदेश गर्नुपूर्व सिंहले करिब ५० हजारको टमार बिक्री गरेका थिए। सिंहले भने, ‘बिक्रीको रफ्तार बढेको मात्रै थियो, बजार बन्द हुन थाल्यो।’ ४ लाख लगानी गरेर सिंहले टमाटर लगाएका थिए। टमाटर बजारमा लगेर बिक्री गर्न नपाएपछि उनी चिन्तित बनेका छन्।

उत्पादन बारीमै कुहिने अवस्थामा पुगेपछि उनको मन पोल्ने गरेको छ। धमाधम बिक्री गरेर आम्दानी लिने समयमा बजार बन्द हुँदा समस्या भएको उनले बताए। गत वर्ष पनि सिंहले ठूलो नोक्सानी व्यहोरेका थिए। गत वर्ष पनि टमाटर बिक्री सुरु गर्ने समयमा देशव्यापी लकडाउन भएपछि उत्पादन बारीमै कुहिएको उनले बताए।

विगतका वर्षहरूमा दुई बिगाहामा लगाएको टमाटरबाट राम्रो आम्दानी हुने गरेको सुनाउँदै उनले भने, ‘गत वर्ष पनि धेरै घाटा भयो, अहिले पनि निषेध आदेश भएपछि टमाटरलगायत तरकारी बजारसम्म पुर्‍याउन नसक्दा बैंकबाट लिएको ऋणसम्म बुझाउन नसक्ने अवस्था आएको छ।’ 

जहदाकै गीतादेवी सिंहको पनि समस्या उस्तै छ। चार कठ्ठा जमिनमा टमाटर र अन्य तीन कठ्ठा जमिनमा तरकारी लगाएकी छन्। कृषि विकास बैंकबाट ऋण लिएर टमाटरलगायतका तरकारी लगाएको उनले बताइन्। निषेध आदेशसँगै तरकारी बेच्न नपाउँदा बैंकको ऋण कसरी बुझाउने भन्ने चिन्ताले सताएको उनले सुनाइन्। निशेध आदेश नहुँदा विराटनगरमा दैनिक लाग्ने हटियामा लगेरसमेत तरकारी बेच्ने गरेको उनले बताइन्।

Metro Mart
vianet

सिंहले भनिन्, ‘हटियामा लगेर तरकारी बेच्न पनि पाईदैन, पहिला बारीमै आएर तरकारी खरिद गर्ने व्यापारीसमेत आउँदैनन्।’ गत वर्षको लकडाउनमा चार लाख बढीको टमाटर र तरकारी नष्ट भएको उनले बताइन्। छोराछोरी पढाउनेदेखि सबै घरखर्च तरकारी खेतीबाट चलाउने गरेको उनले बताइन्। निषेध आदेश नहुँदा १० रुपैँया प्रतिकिलोमा टमाटर बिक्रि हुने गरेको बताउँदै उनले भनिन्, ‘निषेध आदेश सुरु भएपछि व्यापारीले ५० रुपैँया क्यारेट (प्रति क्यारेट २५ किलो) मा माग्ने गरेका छन्, तर यतिमा बेच्नु भन्दा बारीमै मल हुन्छ बरु नबेच्ने, यसै घाटा लागिसक्यो।’

जहदाका बब्लु मण्डलले बर्षैपिच्छे तरकारी बारीमै कुहिने अवस्था आउन थालेपछि पेशा परिवर्तन गर्नुपर्ने अवस्थामा पुगेको बताए। उत्पादित टमाटर बिक्री गर्न नपाएर कुहिन थालपछि कसरी ऋण तिर्ने भन्ने समस्या भएको मण्डलले बताए। टमाटर बारीमै कुहिने अवस्था आएपछि माग्न आउनेलाई सितैमा दिन थालेको मण्डलले बताए।

मोरङको जहदा, कटहरी क्षेत्रका कृषकले उत्पादन गरेको तरकारी काठमाडौं, इटहरी, विराटनगरलगायतका बजारमा पुग्ने गरेको छ। गत वर्षको लकडाउनका कारण लाखौँको नोक्सानी व्यहोरेका मोरङको जहदा र कटहरीका कृषक यो वर्ष पनि नोक्सानी व्यहोर्न बाध्य भएका छन्। 

तर जहदा गाउँपालिकाका अध्यक्ष कैलाशप्रसाद मण्डलले भने उत्पादन बारीमै कुहिएर समस्या भएको भनेर कुनै किसानहरुले पनि गुनासो नगरेको बताए। गाउँपालिकाको ध्यान अहिले कोरोना संक्रमण नियन्त्रणमा केन्द्रित भएको उनको भनाइ छ। उनले कृषकको समस्या समाधानका लागि गाउँपालिकाले प्रदेश सरकारसमक्ष पहल गर्ने अध्यक्ष मण्डलले बताए। 

गत वर्ष प्रदेश सरकारसँगको सहकार्यमा जिल्ला सहकारी संघले किसानका तरकारी संकलन गरि विराटनगरमा बिक्रीको प्रवन्ध मिलाएको थियो।

प्रकाशित: May 08, 2021| 08:44 शनिबार, वैशाख २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।