बिहीबार, भदौ ११, २०८३

अक्सिजन अभावले मर्न थाले बिरामी, सरकार अझै तयारीमै

लुम्बिनी प्रदेशको अस्थायी मुकाम रुपन्देहीका अस्पताल अक्सिजनको अभाव चरम देखिए पनि यसको व्यवस्थापन हुन सकेको छैन। 
 |  शनिबार, वैशाख २५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २५, २०७८

बुटवल - लुम्बिनी प्रदेशको अस्थायी मुकाम रुपन्देहीका अस्पताल अक्सिजनको अभाव चरम देखिए पनि यसको व्यवस्थापन हुन सकेको छैन। तीन दिनयता अक्सिजनको अभावका कारण बिरामीको मृत्यु समेत हुन थालेपछि अस्पतालका चिकित्सकहरूले नै अक्सिजनका लागि हारगुहार गरिरहेका छन्। तर, प्रदेश सरकार, स्थानीय तह र प्रशासनबीच भने अझै तालमेल हुन सकेको छैन। 

प्रदेश सरकारले घर, उद्योग तथा अन्य क्षेत्रमा राखिएका अक्सिजनका सिलिन्डर अनावश्यक रुपमा नराख्न अनुरोध गरेको छ। १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत् उद्योग तथा घरमा रहेका अक्सिजन सिलिन्डर जफत गर्न निर्देशन दिएको छ। निर्देशन र अनुरोध गर्ने बाहेक हालसम्म अक्सिजनका लागि भरपर्दो पहल भने भएको छैन। 

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा अक्सिजनको अभावले बिरामी बचाउन नसक्ने अवस्था सिर्जना भएको छ। शनिबार बिहानै त्यहाँ कार्यरत चिकित्सकहरूले सञ्चारकर्मीलाई अक्सिजन सकिएकाले बिरामी बचाउन नसक्ने अवस्था आएको भन्दै गुहार मागेका छन्। 

कोरोना संक्रमित बिरामीले अस्पताल भरिभराउ छ। लुम्बिनी प्रादेशिकको कोरोना विशेष अस्पतालसहित फिभर क्लिनिक र आकस्मिक कक्ष पूरै भरिएको छ। बिरामी अक्सिजनको अभावमा छटपटिरहेका छन्।

अक्सिजनको माग अत्यधिक भएकाले उपचारमा निकै कठिनाइ आएको लुम्बिनी प्रादेशिक अस्पतालका सूूचना अधिकारी डा. विष्णु गौतमले बताए। ‘फिभर क्लिनिकमा राखिएका अधिकांश बिरामीलाई अक्सिजन दिनुपर्छ,’ उनले भने, ‘अस्पतालमा अक्सिजन सकियो, कहीँबाट व्यवस्थापन हुनसकेको छैन।’

उनका अनुसार तीन दिनदेखि लुम्बिनी प्रादेशिकमा अक्सिजनको अभावले उपचारमा संकट निम्तिएको हो। प्रदेश सरकार तथा अन्य निकायहरूसँग अस्पतालले सहयोगका लागि अपिल गरे पनि अक्सिजन व्यवस्थापन हुन सकेको छैन। 

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बिहीबार विभिन्न उद्योगबाट बरामद गरेका केही अक्सिजन सिलिन्डर अस्पताललाई बाँडेको थियो। तर, त्यसले बिरामीको चापलाई थेग्न नसकेको डा. गौतम बताउँछन्। 

उता भैरहवास्थित भीम अस्पतालमा पनि अक्सिजन अभावले बिरामी मर्कामा परेका छन्। अस्पतालले शुक्रबार दिउँसो कोरोना संक्रमित बिरामीलाई अक्सिजन व्यवस्थापन गर्न नसक्ने सूचना जारी गरेको थियो । यद्यपि शनिबार भने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शकुन्तला गुप्ताले सूूचना नै कीर्ते भएको भन्दै स्पष्टीकरण दिएकी छन्। 

उनले अस्पताल जिम्मेवारीबाट नभाग्ने बताउँदै नयाँ बिरामीका लागि अक्सिजन अभाव रहेको बताइन्। यसैगरी भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा पनि अक्सिजन अभाव छ। यता लुम्बिनी प्रदेश सरकारले भने अक्सिजनको अभाव हुन नदिन पहल गरिरहेको दाबी गरेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले विभिन्न उद्योग, कारखाना तथा व्यक्तिको घरमा रहेका अक्सिजन सिलिन्डर संकलन गर्न १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग छलफल गरिएको बताउँदै व्यवस्थापनको काम भइरहेको बताए। 

‘केही अस्पतालका प्लान्टबाट अक्सिजन उत्पादन सुरु भएको छ, अक्सिजन सिलिन्डर पनि जम्मा भइरहेको छ, भारतबाट पनि लिक्विड ल्याउने काम भइरहेको छ,’ सचिव देवकोटाले भने, ‘सबैको सहयोगले महामारीको सामना गर्ने हो।’ 

उनले संघीय सरकारसँग पनि काठमाडौंमा भएका अक्सिजन लुम्बिनीमा पठाउन आग्रह गरिएको बताए। ‘लुम्बिनीलाई प्राथमिकतामा राखेका छौं,’ उनले भने। 

लुम्बिनीको बुटवल, भैरहवा, नेपालगन्ज र दाङका कोरोना संक्रमित उपचाररत अस्पतालमा अक्सिजन अभाव देखिएको हो। लुम्बिनीमा १५ हजार ९२४ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घन्टामा मात्रै कोरोना संक्रमणबाट ३१ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। 

योसँगै लुम्बिनीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७६५ पुुगेको छ। 

प्रकाशित: May 08, 2021| 06:44 शनिबार, वैशाख २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।