बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अन्तर्राष्ट्रिय समुदायलाई प्रधानमन्त्रीको आग्रह : कोरोनाविरुद्धको लडाइँमा नेपाललाई सहयोग गर्नुस्

अन्तर्राष्ट्रिय समुदायलाई प्रधानमन्त्रीको आग्रह : कोरोनाविरुद्धको लडाइँमा नेपाललाई सहयोग गर्नुस्

 प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ विरुद्धको लडाइँमा नेपाललाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन्। 
 |  शनिबार, वैशाख २५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २५, २०७८

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ विरुद्धको लडाइँमा नेपाललाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन्। 

अमेरिकी टेलिभिजन सीएनएनलाई शनिबार दिउँसो विशेष अन्तर्वार्ता दिँदै ओलीले राष्ट्रसंघ लगायतका निकायलाई सहयोगका लागि आग्रह गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।

प्रधानमन्त्रीले अन्तर्वार्ताका क्रममा संक्रमणबाट नागरिकलाई जोगाउनका लागि सरकारले भरपूर प्रयास गरिरहेकोसमेत बताएका छन्।  निषेध आदेशलगायतका विभिन्न निर्णयहरू गरेर सरकारले अहिलेसम्म स्थितिलाई नियन्त्रण बाहिर जान नदिएको पनि उनले  प्रष्ट पारेका छन्।  

विश्व समुदायलाई यस लडाइँमा नेपाललाई विभिन्न प्रकारले सघाउन उनले विशेष अपिल गरेका हुन्।

प्रकाशित: May 08, 2021| 07:22 शनिबार, वैशाख २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।