बिहीबार, भदौ ११, २०८३

प्रधानमन्त्री ओली आन्तरिक परामर्शमा

 प्रधानमन्त्री केपी शर्मा ओली आफू निकट नेताहरूसँग आन्तरिक परामर्शमा जुटेका छन्। 
 |  शनिबार, वैशाख २५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २५, २०७८

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली आफू निकट नेताहरूसँग आन्तरिक परामर्शमा जुटेका छन्। बालुवाटारमा उनले आफू निकट नेताहरूसँग पछिल्लो राजनीतिक घटनाक्रमलगायतका विषयमा छलफल गरिरहेको स्रोतले जानकारी दिएको छ।

वैशाख २७ गते विश्वासको मत लिने निर्णय गरेका प्रधानमन्त्री ओली पार्टीभित्रकै माधव नेपाल पक्षले समेत विश्वासको मत दिन नसक्ने संकेत देखिएपछि तीव्र छलफल गरिरहेका छन्।

उनले माधव पक्षलाई सहमतिमा ल्याउनका लागि आफू निकटका नेताहरूमार्फत् छलफल गरिरहेका छन्। तर, अहिलेसम्म विभाजनको डिलमा पुगेको नेकपा एमालेमा सहमति भइहाल्ला भन्ने संकेत देखा परेको छैन।

बालुवाटारमा प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री ईश्वर पोखरेल,अर्थमन्त्री विष्णुप्रसाद पौडेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टसँग छलफल गरिरहेका छन्।

प्रधानमन्त्री ओलीले आजै बेलुका ५ बजे मन्त्रिपरिषद्को आकस्मिक बैठकसमेत बोलाएका छन्। बैठकले केही महत्त्वपूर्ण निर्णय लिन सक्ने आकलन पनि गरिएको छ।

प्रकाशित: May 08, 2021| 06:51 शनिबार, वैशाख २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।