बेलायतको विज्ञ टोलीसहित विभागका पुरातत्वविद्ले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित विभिन्न स्थानमा गत फागुनमा गरिएको सर्वेमा ऐतिहासिक पुरातत्व सम्पदाको प्रचुर सम्भावना देखिएको जनाइएको थियो।
पशुपति क्षेत्र विकास कोषको मातहतमा सञ्चालन रहेको नेपाल वेद विद्याश्रमको ४८ औं वार्षिक उत्सवका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विद्याश्रमलाई दश जोड दुई (प्लस टु) पछिको चार...
प्रणालीमा चाप बढेपछि कार्यालय समयमा आवेदन प्रणाली बन्द गर्नुपरेको विभागको भनाइ छ। लोड व्यवस्थापन कार्य भएपछि आवेदन प्रणाली यथावत रुपमा संचालन हुने विभागको भनाइ छ।
प्रकाश दाहाल स्मृति दोस्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता आजबाट सुरु भएको छ। प्रतियोगिताको पहिलो दिन पुरुष ६० केजीमा नक्सालका विजय थापा पहिलो भएका छन्।
'आयोग गठन हुने तर कामले पूर्णता नपाउने कुराको अब अन्त्य हुनुपर्छ, अघिल्ला आयोगले गरेका कामलाई स्वामित्व नलिने परम्परा छ, नागरिकलाई नैसर्गिक अधिकार दिन ढिला भइसक्यो, जुन कुरा संविधानमा नै छ...
सर्लाहीमा दुईजना वडासदस्य घुसको रकमसहित पक्राउ परेका छन्। अख्यितारको टोलीले सर्लाहीको ईश्वरपुर नगरपालिकाका दुई जना वडा सदस्यलाई घुसको रकमसहित पक्राउ गरेको हो।
गायक प्रमोद खरेलको स्वर रहेको गीत ‘एकै चोटी मार न ओए’ सार्वजनिक भएको छ। आकर्षक म्युजिक भिडियोसहित सार्वजनिक गीतमा शिव पौडेलको शब्द र ऋषि खड्काको संगीत छ।
अमेरिका, बेलायत र अस्ट्रेलियाका राजदूत हिमाली क्षेत्रको भ्रमणमा निस्किएर प्राकृतिक सौन्दर्यको अवलोकन मात्र गरिरहेका छैनन्। जलवायु परिवर्तनको असर र स्थानीय संस्कृतिको जानकारी पनि लिइरहेका छन्।