आइतबार, वैशाख ७, २०८२

शक्ति राष्ट्रका राजदूतहरू किन हिमालतिर?

अमेरिका, बेलायत र अस्ट्रेलियाका राजदूत हिमाली क्षेत्रको भ्रमणमा निस्किएर प्राकृतिक सौन्दर्यको अवलोकन मात्र गरिरहेका छैनन्। जलवायु परिवर्तनको असर र स्थानीय संस्कृतिको जानकारी पनि लिइरहेका छन्।
 |  सोमबार, कात्तिक २९, २०७८
nespernesper

दिलीप प्रकाश कार्की

दिलीप प्रकाश कार्की

सोमबार, कात्तिक २९, २०७८

vianetvianet

अमेरिका, बेलायत र अस्ट्रेलियाका राजदूत हिमाली क्षेत्रको भ्रमणमा निस्किएर प्राकृतिक सौन्दर्यको अवलोकन मात्र गरिरहेका छैनन्। जलवायु परिवर्तनको असर र स्थानीय संस्कृतिको जानकारी पनि लिइरहेका छन्।

triton college

काठमाडौं- विश्‍व शक्ति राष्ट्र अमेरिका, बेलायत र अस्ट्रेलियाका राजदूतहरु यति बेला हिमाली जिल्ला मुगु पुगेका छन्। यसअघि अक्टोबर ९ (असोज २३) गते नेपालका लागि स्विट्जरल्यान्डका राजदूत एलिजावेथ वोन क्यापलेर मुस्ताङ भ्रमणमा पुगेकी थिइन्। विश्व बैंकका नेपाल निर्देशक फारिस हजारसहित १० विदेशी र तीन नेपाली टोलीका साथमा क्यापलेर मुस्ताङ भ्रमणमा गएकी थिइन्। उनले भ्रमणलाई निजी भ्रमण भएको बताएकी थिइन्। 

त्यसअघि नेपालका लागि ईयूका राजदूत नोना डिप्रेज सेप्टेम्बर २८ (असोज १२ गते) मुस्ताङ पुगेकी थिइन्। जलवायु परिवर्तनको असरबारे बुझ्‍न र मुस्ताङमा सञ्‍चालित ईयूका परियोजनाबारे बुझ्‍न राजदूत डिप्रेज मुस्ताङ पुगेकी जानकारी दिएकी थिइन्। 

स्कटल्यान्डको ग्लासगोमा जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन कोप२६ सुरु हुनुअघि र सम्पन्‍न भएपछि विभिन्‍न मुलुकका राजदूतले हिमालय क्षेत्रको भ्रमण गरेका हुन्। कूटनीतिज्ञहरु पर्यटकका रुपमा मात्र भ्रमणमा निस्किएको नभई केही विशेष उद्देश्य हुन सक्ने जानकारहरु बताउँछन्।

कोप२६ सम्मेलन सकिएको एक दिनपछि नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी र अस्ट्रेलियन राजदूत फिलिसिटी भोल्क आइतबार मुगु पुगेका हुन्। त्यसैगरी नेपालका लागि बेलायती राजदूत निकोला पोलिट सोमबार मुगु पुगेकी छन्। 

National life insurance

आइतबार मुगुको रारा ताल पुगेका अमेरिकी राजदूत र्‍यान्डी बेरी निकै रमाएका छन्। उनले ट्विटरमा लेखेका छन्, 'हामी रारा ताल आइपुग्यौं। यहाँको दृश्य निकै रमणीय छ। हाम्र मुलुकहरुले जलवायु परिवर्तनको प्रभावलाई कम गर्न नेपालसँग साझेदारी गरेकोमा हामी गर्व गर्छौं।' 

'यहाँ विभिन्‍न गैरसरकारी संस्थाहरुमार्फत विभिन्‍न परियोजना सञ्‍चालनमा छन्। ती परियोजनाको अवस्था र नेपालमा जलवायु परिवर्तनको असरबारे बुझ्‍नका लागि उहाँहरु यहाँ आउनुभएको हामीलाई जानकारी दिनुभएको छ।

अस्ट्रेलियन राजदूत भोल्कले रारामा पुगेर स्वच्छ पानीको सुन्दर ताल देख्दा खुसी लागेको बताएकी छन्। उनले लेखेकी छन्, 'रारा तालमा आइपुग्दा खुसी लागेको छ। नेपालको सबैभन्दा ठूलो स्वच्छ पानीको तालको सौन्दर्य लिँदै। नेपालमा जलवायु परिवर्तनको प्रभावहरूबारे थाहा पाउन स्थानीय समुदायहरूसँग कुरा गर्न उत्सुक छौं।'

नेपालका लागि अस्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्क।

मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार नेपालमा जलवायु परिवर्तनको असरबारे बुझ्‍नका लागि राजदूतहरु रारा पुगेका हुन्। उनले भने, 'यहाँ विभिन्‍न गैरसरकारी संस्थाहरुमार्फत विभिन्‍न परियोजना सञ्‍चालनमा छन्। ती परियोजनाको अवस्था र नेपालमा जलवायु परिवर्तनको असरबारे बुझ्‍नका लागि उहाँहरु यहाँ आउनुभएको हामीलाई जानकारी दिनुभएको छ। उहाँहरुले स्थानीयसँग पनि जलवायु परिवर्तनको प्रभावकारे संवाद गर्ने कार्यक्रम छ।'

तीनै मुलुकका राजदूतहरुले सोमबार रारा तालको किनारमा रारा निकुञ्जका कर्मचारी, होटल व्यवसायी, पत्रकार, नागरिक समाजसित जलवायु् परिर्वतनले पारेको असरबारे छलफल गरेका छन्। प्रमुख जिल्ला अधिकारी महतका अनुसार राजदूतहरुले प्रजिअ महतसहित जिल्ला समन्वय समिति संयोजक पूर्णबहादुर रोकाया, छायानाथ रारा नगरपालिकाका प्रमुख हरिजंग शाहीसँग जिल्लाको विकास र जलवायु परिवर्तनको असरबारे अन्तरक्रिया गर्ने कार्यक्रम छ। 

सन् २०११ मा ‘पर्यटनको लागि सँगसँगै’भन्‍ने नारासहित पर्यटन वर्ष मनाउँदा विभिन्‍न ६ देशका राजदूत रारा पुगेका थिए। त्यसपछि सन् २०२१ मा अमेरिका, बेलायत र अस्ट्रेलियाका राजदूत रारा भ्रमणमा पुगेका हुन्। यसअघि नेपालका लागि इजरायली राजदूत खनान गोडेर पनि गण्डकी प्रदेशका विभिन्‍न जिल्ला पुगेर फर्किएका थिए। 

रारा पुगेका अमेरिकी राजदूत र्‍यान्डी बेरी।

'घुमफिरको उद्देश्य जलवायु परिवर्तन र परियोजनाको अवस्था बुझ्‍नु'

कोरोना महामारीले लामो समय घुमफिर रोकिएको थियो। सन् २०१९ को डिसेम्बर अन्तिमबाट चीनको वुहानमा देखिएको कोरोना भाइरसको संक्रमणले करिब डेढ वर्ष पर्यटनलगायतका सम्पूर्ण गतिविधि ठप्प भए। नेपालमा कोरोनाविरुद्धको खोप पूर्ण डोज करिब ४० प्रतिशतलाई लगाइसकेको अवस्थामा पर्यटनसहित विभिन्‍न क्षेत्र चलायमान भएका छन्। कोरोना महामारीका कारण नेपाल भ्रमण वर्ष २०२० सफल हुन सकेन। जसका कारण घुमफिर रोकिएको थियो। 

बिस्तारै पर्यटन क्षेत्र खुला भएपछि राजदूतहरु घुमफिरसँगसँगै जलवायु परिवर्तनको असरबारे बुझ्‍न हिमालतिर निस्किएका कूटनीतिक मामिलाका जानकार डा. प्रमोद जयसवालले बताएका छन्। 

'अब क्रिसमस पनि सुरु हुन लागेको छ। उनीहरुको बिदाको समय सुरु हुन लागेकाले कामको चाप कम हुँदै गएको छ। लामो लकडाउनले गर्दा गुम्सिनुपरेको अवस्थामा राजदूत तथा कूटनीतिज्ञहरु घुमफिरमा निस्किएका हुन्।'

उनले भने, 'अब क्रिसमस पनि सुरु हुन लागेको छ। उनीहरुको बिदाको समय सुरु हुन लागेकाले कामको चाप कम हुँदै गएको छ। लामो लकडाउनले गर्दा गुम्सिनुपरेको अवस्थामा राजदूत तथा कूटनीतिज्ञहरु घुमफिरमा निस्किएका हुन्।'

विभिन्‍न मुलुकले नेपालको पर्यटन क्षेत्र प्रवर्द्धन होस् भन्‍ने चाहने भएकाले पनि राजदूतहरु हिमालतिर घुम्‍न निस्किएको दाबी उनको छ। जयसवालले भने, 'कूटनीतिज्ञहरु यत्तिकै घुम्‍नका लागि मात्रै नजाने भए पनि उनीहरु गएको क्षेत्रमा जलवायु परिवर्तन र परियोजनाको अवस्था बुझ्‍नु पनि अहिलेको घुमफिरको उद्देश्य हुन सक्छ।'

यसअघि गण्डकी प्रदेश सरकारको निमन्त्रणामा विभिन्‍न ११ देशका राजदूत पोखरा पुगेका थिए। कूटनीतिक नियोग र विकास साझेदार संस्थाका प्रमुख एवं प्रतिनिधिसहित २५ जनाको टोली विश्व पर्यटन दिवसका आवसरमा तीन दिने पोखरा भ्रमणमा गएको थियो। 

कास्कीको नौडाँडामा हाइकिङ गएका ११ देशका राजदूत र कूटनीतिज्ञहरू।

परराष्ट्र मन्त्रालयको संयोजनमा यूएई, कतार, फिनल्यान्ड, उत्तर कोरिया, साउदी अरब, श्रीलंका, दक्षिण कोरिया, थाइल्यान्ड, बंगलादेश, इजिप्ट, जर्मनी र मलेसियाका राजदूत सहभागी भएका थिए। भ्रमण टोलीमा सार्कका महासचिव, संयुक्त राष्ट्रसंघकी रेसिडेन्ट कोअर्डिनेटर, इसिमोडका महानिर्देशक, अन्तर्राष्ट्रिय आप्रवासी संगठनकी चिफ अफ मिसन, यूएनएड्सका कन्ट्री डाइरेक्टर, यूएनडीपीका प्रतिनिधि, युनेस्कोका प्रतिनिधि, विश्व खाद्य कार्यक्रमका कन्ट्री डाइरेक्टर पनि थिए। 

नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेकाले हिमालहरु पग्लिनसक्ने अवस्थाबारे बुझ्‍न पनि राजदूत हिमाली जिल्लातर्फ गएको डा. जयसवालले बताए। 

भर्खरै सम्पन्‍न कोप२६ मा विकासोन्मुख देशहरूलाई जलवायु परिवर्तनको प्रभाव अनुकूल बनाउनका लागि मद्दत पुर्‍याउन दिइने भनिएको क्षतिपूर्ति दुई गुणा बढाउने सहमति भएको छ। 

सन् २०२५ देखि वार्षिक १० खर्ब डलर दिइने भएको हो। हाल उक्त क्षतिपूर्ति रकम सय अर्ब डलर छ। यसअघि मुस्ताङ पुगेका बेलायती सांसद तथा कोप–१६ सम्मेलन प्रमुख आलोक शर्माले सम्मेलनमा मुस्ताङमा जलवायु परिवर्तनको असर विस्तारै बढेको जानकारी गराएका थिए।

कोप२६ सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै ग्लासगो पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले पनि जलवायु परिवर्तनका कारण नेपालका हिमाल र हिमनदी पग्लिने समस्या वृद्धि भइरहेको बताएका थिए। कोप२६ सम्मेलन सकिएको एक दिनपछि नेपालको हिमाली जिल्ला मुस्ताङमा हिमपहिरो गएको थियो। वर्षा र हिमपात दुवै नभएका र सुक्खा मौसममा गएकाले उक्त हिमपहिरोलाई  अस्वाभाविक भनिएको छ। यस्तो हिमपहिरो आउने क्रम सुरु भएसँगै नेपालको हिमालहरुको अवस्थाबारे जान्‍न र सोही अनुसार रणनीति र विकासका कार्यक्रम  ल्याउनका लागि पनि राजदूतहरुको भ्रमण भएको हुनसक्ने डा. जयसवाल बताउँछन्।

प्रकाशित: Nov 15, 2021| 18:06 सोमबार, कात्तिक २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।