बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जनताले विश्वास गर्ने गरी भ्रष्टाचारीहरुलाई कारबाही गर्नुस् : प्रदेश प्रमुख गुरुङ

जनताले विश्वास गर्ने गरी भ्रष्टाचारीहरुलाई कारबाही गर्नुस् : प्रदेश प्रमुख गुरुङ

गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले जनताले विश्वास गर्ने गरी भ्रष्टाचारीहरुलाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गरेका छन्।
 |  सोमबार, कात्तिक २९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २९, २०७८

पोखरा- गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले जनताले विश्वास गर्ने गरी भ्रष्टाचारीहरुलाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गरेका छन्। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग गण्डकी प्रदेशको ३१ औँ वार्षिक प्रतिवेदन बुझ्दै सोमबार प्रदेश प्रमुख गुरुङले ठूल्ठूला भ्रष्टाचारको मुद्दाहरुमा जनतालाई विश्वास हुने गरी अख्तियारले काम गर्न नसकेको भन्दै जनतालाई विश्वास हुनेगरी काम गर्न आग्रह गरेका हुन्। 

भ्रष्टाचारको मुद्दामा ठूलाहरु कमै फस्‍ने गरेको पनि उनले बताए। 

भ्रष्टाचारीलाई अख्तियारले कारबाही गर्छ भन्‍ने जनविश्वास स्थापित हुने गरी काम गर्न उनले सुझाव दिएका छन्। 

उनले भने, ‘अहिलेसम्मको अख्तियारको क्रियाकलापमा ठुला–ठुला माछाहरु कमै फस्ने। बहुदल पुर्नस्थापनापछि केही मन्त्रीहरु कारबाहीमा परे। कारागारमा पनि परे। तर त्यसपछि हामीले मिडियाबाट आए अनुसारका ठुला–ठुला भ्रष्टाचारहरु अझैपनि जनतालाई विश्वास हुने गरेर यो कार्यालयले काम गर्न सकेको महशुस आम जनताले अझै गर्न सकेको छैन। आम जनताले भ्रष्टाचारीहरुलाई कारबाही गर्न सक्छ, गर्छ भन्ने जनविश्वास स्थापित गर्नका लागि यो अयोग सशक्त रुपमा अगाडी बढ्न सकोस्।’

प्रदेश प्रमुख गुरुङले भ्रष्टाचार गर्ने जुनसुकै तहका जनप्रतिनिधि अथवा प्रशासकलाई अख्तियारले आफ्नो दायरामा ल्याउनुपर्ने बताए। सबैलाई मुलुकप्रति जिम्मेवार बनाउने जिम्मेवारी अख्तियारको भएको उल्लेख गर्दै उनले सो जिम्मेवारीलाई राम्ररी पूरा गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘मुलुकमा व्याप्त देश विरोधी कामहरु, आर्थिक भ्रष्टाचारका कुराहरु, यथार्थमा राष्ट्र र जनतालाई सम्झेर जुनसुकै तहका चाहे जनप्रतिनिधि होस्, चाहे प्रशासनिक क्षेत्रका हुन्, यसका दायराभित्र आउने सम्पूर्ण तहका निकायहरुलाई मुलुकप्रति जिम्मेवार बनाउने कुरामा तपाईहरुको जिम्मेवारी छ। त्यसलाई राम्रो सँग पुरा गर्न सकोस्।’


प्रकाशित: Nov 15, 2021| 20:50 सोमबार, कात्तिक २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।