बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाल वेद विद्याश्रमलाई महाविद्यालयमा स्तरोन्‍नति गरिने

नेपाल वेद विद्याश्रमलाई महाविद्यालयमा स्तरोन्‍नति गरिने

पशुपति क्षेत्र विकास कोषको मातहतमा सञ्चालन रहेको नेपाल वेद विद्याश्रमको ४८ औं वार्षिक उत्सवका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विद्याश्रमलाई दश जोड दुई (प्लस टु) पछिको चार वर्ष थप गरी स्नातक (शास्त्री) सम्म अध्ययन गर्न सक्ने महाविद्यालय बनाउन लागि पर्ने प्रतिबद्धता जनाएकी हुन्।
 |  सोमबार, कात्तिक २९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २९, २०७८

काठमाडौं- पशुपति क्षेत्रस्थित वनकालीमा रहेको नेपाल वेद विद्याश्रमलाई महाविद्यालयमा स्तरोन्नति गरिने भएको छ। पशुपति क्षेत्र विकास कोषको मातहतमा सञ्चालन रहेको नेपाल वेद विद्याश्रमको ४८ औं वार्षिक उत्सवका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विद्याश्रमलाई दश जोड दुई (प्लस टु) पछिको चार वर्ष थप गरी स्नातक (शास्त्री) सम्म अध्ययन गर्न सक्ने महाविद्यालय बनाउन लागि पर्ने प्रतिबद्धता जनाएकी हुन्।

'वेद विद्याश्रमको बजेटमा कसैले पनि दुरुपयोग गर्नुहुँदैन, बालबालिकाको नाममा आएको बजेट कसैले दुरुपयोग गरेको थाहा भयो भने तुरुन्त कारबाही गर्नेछु, म आफू पनि तलमाथि गर्दिन र अरुलाई पनि गर्न दिन्न, विद्यार्थीको भविष्यमा खेलबाड गर्ने कसैको अधिकार छैन,' उनले भने। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थासमेत आफूले सुधार गरेको मन्त्री आलेले बताए।

कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले विद्याश्रमलाई महाविद्यालय बनाउन कोषले काम अघि बढाउन लागेको जानकारी दिए। महाविद्यालयलाई स्तरोन्‍नति गर्दै विश्वविद्यालयकै रूपमा विकास गर्ने सोचसमेत रहेको उनको भनाइ थियो। कार्यक्रममा नेपाल वेद विद्याश्रमका उत्कृष्ट शिक्षक तथा विभिन्न प्रतियोगितामा विजयी हुने छात्रलाई पुरस्कृत गरिएको थियो।

प्रकाशित: Nov 15, 2021| 21:40 सोमबार, कात्तिक २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।