शुक्रबार, असोज १६, २०८३

कार्यालय समयमा लाइसेन्सको आवेदन प्रणाली बन्द

प्रणालीमा चाप बढेपछि कार्यालय समयमा आवेदन प्रणाली बन्द गर्नुपरेको विभागको भनाइ छ। लोड व्यवस्थापन कार्य भएपछि आवेदन प्रणाली यथावत रुपमा संचालन हुने विभागको भनाइ छ।
 |  सोमबार, कात्तिक २९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २९, २०७८

काठमाडौं- यातायात व्यवस्था विभागले कार्यालयमा सवारी चालक अनुमति पत्रका लागि अनलाइन आवेदन प्रणाली बन्द गरेको छ। बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म आवेदन दिन नमिल्ने व्यवस्था गरिएको विभागले जानकारी दिएको छ। 

प्रणालीमा चाप बढेपछि कार्यालय समयमा आवेदन प्रणाली बन्द गर्नुपरेको विभागको भनाइ छ। लोड व्यवस्थापन कार्य भएपछि आवेदन प्रणाली यथावत रुपमा संचालन हुने विभागको भनाइ छ। 

बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएका कारण रोकिएको प्रणाली कात्तिक ८ गतेदेखि सञ्चालनमा ल्याइएको थियो। 

प्रकाशित: Nov 15, 2021| 20:31 सोमबार, कात्तिक २९, २०७८
प्रतिक्रिया दिनुहोस्