शुक्रबार, भदौ ५, २०८३

नेकपा मालेको महासचिवमा पुनःमैनाली

मालेले विधानमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र विज्ञमन्त्री परिषद् १५ सदस्यीय हुनुपर्ने माग गरेको घिमिरेले जानकारी दिए।
 |  सोमबार, कात्तिक २९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २९, २०७८

काठमाडौं- नेकपा (माले) को आठौँ महाधिवेशनले महासचिवमा पुनः सीपी मैनालीलाई चयन गरेको छ। महाधिवेशनको बन्द सत्रले ५९ सदस्यीय केन्द्रीय कमिटी चयन गरेसँगै आइतबार बसेको पहिलो बैठकले महासचिवमा मैनालीलाई चयन गरेको हो। 

कात्तिक २७ देखि आजसम्म सञ्चालन भएको महाधिवेशनले विधान संशोधन गरी हाल रहेको केन्द्रीय समितिको संख्या गरी ८१ पुर्‍याएको छ। पुसमा बस्‍ने मालेको केन्द्रीय समितिको बैठकले अन्य पदाधिकारी र विभागीय जिम्मेवारी बाँडफाँट गर्ने निर्णय गरेको मालेका केन्द्रीय सदस्य दीननाथ घिमिरेले जानकारी दिए। महाधिवेशनमा नेपाली क्रान्तिको कार्यक्रमः नयाँ जनवाद् र राजनीतिक प्रतिवेदन महासचिव मैनालीलले प्रस्तुत गरेको थियो। 

स्थायी कमिटी सदस्य एनपी आचार्यद्वारा संगठनका सिद्धान्त, डम्बर श्रेष्ठद्वारा पार्टी विधान संशोधन, पार्टी प्रवक्ता कुमार बेलबासेद्वारा पार्टीको तात्कालीन कार्यनीति र दिननाथ घिमिरेद्वारा संगठनात्मक प्रतिवेदन पेश गरेका थिए। पेश गरिएका प्रतिवेदन सुझावसहित पारित गर्ने निर्णय भएको घिमिरेले जानकारी दिए। महाधिवेशनले अहिलेको बेलायती शैलीको संसदीय प्रणाली नेपालमा असफल भई सकेकाले यसको खारेज गरी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र संवैधानिक राष्ट्रप्रमुख बनाउनुपर्ने निर्णय गरेको छ। विधान संशोधन गरी सानो आकारको मन्त्री परिषद्को व्यवस्था हुनुपर्ने भनेको छ।

मालेले विधानमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र विज्ञमन्त्री परिषद् १५ सदस्यीय हुनुपर्ने माग गरेको घिमिरेले जानकारी दिए। उनले भने, 'प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र अन्य विज्ञ सदस्य रहने विधानमा उल्लेख गरेका छौँ। सांसद् मन्त्री बन्न नहुने विधानमा उल्लेख गरिएको छ।'

संसदीय निर्वाचन पूर्ण समानुपातिक हुनुपर्ने मालेले विधानमा उल्लेख गरेको छ। विधिको आधारमा दल चल्नुपर्ने, नेपाली मोडलको सङ्घीयता कायम गरी प्रदेश खारेज गर्नुपर्ने मालेको मुख्य माग रहने गरी महाधिवेशन सम्पन्न भएको हो। महाधिवेशनले सात सदस्यीय वरिष्ठ कम्युनिष्ट सदस्य कमिटी गठन गर्ने निर्णयसमेत गरेको छ। 

महाधिवेशनपछि पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै महासचिव मैनालीले मालेलाई जनताको पार्टी बनाउने बताउनुभयो। अहिलेको बाटो सबै कम्युनिष्टको माक्सवादी बाटो रहेको भन्दै उनले गलत सोच लिएर हिँड्नेले देशका लागि काम नसक्ने बताए। नयाँ शक्तिलाई लिएर देश, जनताको आवश्यकताअनुसार देश र जनताले मागेअनुसार परिवर्तन दिने पार्टीको रुपमा मालेलाई अघि बढाउने उहाँले प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: Nov 15, 2021| 21:15 सोमबार, कात्तिक २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...