काठमाडौं- गायक प्रमोद खरेलको स्वर रहेको गीत ‘एकै चोटी मार न ओए’ सार्वजनिक भएको छ। आकर्षक म्युजिक भिडियोसहित सार्वजनिक गीतमा शिव पौडेलको शब्द र ऋषि खड्काको संगीत छ।
गीतको भिडियोमा अभिनेत्री शिल्पा पोखरेल र पत्रकार कृष्ण पहाडीको अभिनय देख्न सकिन्छ। पुरुषोत्तम पौडेल र रीता भट्टराईको समेत अभिनय रहेको भिडियोमा त्रिकोणात्मक प्रेमकथा बुनिएको छ।
कपिल लामाको निर्देशन रहेको भिडियोमा अजय रेग्मीले छायांकन गरेका हुन् भने सम्पादन शिव पौडेलको छ।