बिहीबार, साउन ७, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • रुसद्वारा २०२१ भित्र १० अर्ब डलरका हतियार निर्यात गर्न सम्झौता

रुसद्वारा २०२१ भित्र १० अर्ब डलरका हतियार निर्यात गर्न सम्झौता

सैन्य-प्राविधिक सहयोगका लागि संघीय सेवाका निर्देशक दिमित्री सुगाएभका अनुसार रुससँग हतियार किन्नका लागि गरिएको अर्डर ५५ अर्ब डलरभन्दा बढी पुगेको छ।
 |  सोमबार, कात्तिक २९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २९, २०७८

दुबई- रूसले सन् २०२१ भित्रै १० अर्ब डलरभन्दा बढीका हातहतियार निर्यात गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ। रूसले कोभिड-१९ महामारीको बाबजुद १० अर्ब डलरभन्दा बढीको हतियार निर्यात गर्ने सम्झौतामा हस्ताक्षर गरेको हो। 

सैन्य-प्राविधिक सहयोगका लागि संघीय सेवाका निर्देशक दिमित्री सुगाएभका अनुसार रुससँग हतियार किन्नका लागि गरिएको अर्डर ५५ अर्ब डलरभन्दा बढी पुगेको छ। 

'महामारीजन्य कठिनाइ भएपनि हाम्रा साझेदारको अन्तरक्रिया दिगो र रचनात्मक छ। नयाँ सम्झौताको मात्रा १० अर्ब अमेरिकी डलर नाघेको छ,' सुगाएभले भने, '५५ अर्ब डलरको स्तरमा अर्डर पोर्टफोलियो पुगेको छ।' रासस/एएनआई

प्रकाशित: Nov 15, 2021| 22:30 सोमबार, कात्तिक २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।