पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि विरुद्ध नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका क्रममा सडकमा अवरोध गर्नेलाई प्रहरीले पक्राउ गरेको छ।
कपिलवस्तुबाट २४, दाङबाट १९ र बाँकेबाट १ जना गरी ४४ जना पक्राउ परेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता एंव प्रहरी उपरीक्षक राजेन्द्र सिंह खड्काले जानकारी दिए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रमको साइकल खरिदमा भ्रष्टाचार भएको बताइरहँदा लोकतान्त्रिक समाजवादी पार्टीले नैतिकताको अधारमा मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने माग गरेको छ।
चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षातर्फ विश्वविद्यालय तथा प्रतिष्ठानहरुमा अध्ययन गर्ने विद्यार्थीसँग तोकिएबाहेकका शुल्क नलिन मेडिकल कलेजलाई निर्देशन दिएको छ।
पोल भाडाको विषयले तपाईंहामीले प्रयोग गर्ने इन्टरनेट र टेलिफोन महँगिन थालेको छ। नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङले दोस्रोपटक नियुक्ति लिएपछि यो विषय चर्किएर आएको हो।