शुक्रबार, असोज १६, २०८३

भाडा बढाउन ढुवानीकर्ताको माग

पेट्रोलियम पदार्थको मूल्य अचाक्ली बढेको भन्दै ढुवानी कर्ताले सोही हाराहारीमा भाडा समेत बढाउन माग गरेका हुन्।
 |  मंगलबार, कात्तिक ३०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ३०, २०७८

काठमाडौं- ढुवानीकर्ताले ढुवानी भाडा बढाउन माग गरेका छन्। पेट्रोलियम पदार्थको मूल्य अचाक्ली बढेको भन्दै ढुवानी कर्ताले सोही हाराहारीमा भाडा समेत बढाउन माग गरेका हुन्।

नेपाल ट्रक यातायात व्यवसायी महासंघले विज्ञप्ति निकालेर पेट्रोलियम पदार्थको मूल्य बढेकै अनुपातमा भाडा समेत बढाउन माग गरेको हो। ‘वैज्ञानिक प्रणालीका आधारमा निर्धारित भाडादरमा ट्रकहरू संचालन गर्ने यातायात व्यवस्था विभाग र महासंघबीच लिखित सम्झौता भएपनि उक्त सम्झौता कार्यान्वयनमा समस्या देखिएको छ’, महासंघका महासचिव राजेन्द्र विक्रम बानियाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। 

छोटो अवधिमा पटकपटक गरिएको मूल्यवृद्धिले सबै भन्दा बढी मारमा पर्ने यातायात क्षेत्र भएको भन्दै मूल्य वृद्धिकै अनुपातमा ट्रकको भाडा समेत समायोजन हुनुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ। 

डिजेलमा १०४ रुपैयाँबाट मूल्य बढाउँदै११९ रुपैयाँ पुर्‍याउँदा ट्रक व्यवसायीले पुरानै भाडादरमा व्यवसाय सञ्चालन गर्नु परेको भन्दै भाडा वृद्धि नगरे ढुवानीका साधन ग्यारेजमा थन्क्याउने धम्की विज्ञप्तिमार्फत दिएको छ।


प्रकाशित: Nov 16, 2021| 12:52 मंगलबार, कात्तिक ३०, २०७८
प्रतिक्रिया दिनुहोस्