बिहीबार, भदौ १९, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • रुकुम र सुर्खेतमा बन्द गराउँदै हिँडेका विप्लवका २० कार्यकर्ता पक्राउ

रुकुम र सुर्खेतमा बन्द गराउँदै हिँडेका विप्लवका २० कार्यकर्ता पक्राउ

रुकुमपश्चिम र सुर्खेतबाट विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका २० जना कार्यकर्ताहरु पक्राउ परेका छन्।
 |  मंगलबार, कात्तिक ३०, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ३०, २०७८

vianetvianet

सुर्खेत- रुकुमपश्चिम र सुर्खेतबाट विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका २० जना कार्यकर्ताहरु पक्राउ परेका छन्। नेपाल बन्द गराउँदै हिडिरहेको अवस्थामा रुकुमपश्चिमबाट १३ जना र सुर्खेतमा ७ जना पक्राउ परेको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

Kumaribank

विप्लव नेतृत्वको नेकपा रूकुमपश्चिमका जिल्ला सचिवालय सदस्य मोतिराम खड्का, पार्टी निकट अखिल क्रान्तिकारी रुकुम पश्चिमका अध्यक्ष सोमपाल कामीसहित १३ जना पक्राउ परेको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवत्ता माधवप्रसाद श्रेष्ठले जानकारी दिए। मुसिकोट नगरपालिका–१ खलंगाबजारमा गुडीरहेका दुई वटा जिप र दुई वटा मोटरसाइकलको चाबी थुतिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो।

त्यस्तै सुर्खेतमा पनि दिनेश बोगटी र तुलाराज तिरुवासहित ७ जना विप्लवका कार्यकर्ताहरु पक्राउ परेका छन्। उनीहरुलाई सुर्खेतका विभिन्न स्थानबाट प्रक्राउ गरिएको प्रहरीले जनाएको छ। 

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरोधमा विप्लव नेकपाले नेपाल बन्द आह्वान गरेको थियो। उक्त पार्टीको प्रभाव कर्णालीका जिल्लाहरुमा पनि परेको छ। बन्दका कारण बजार तथा सार्वजनिक यातायातहरु ठप्प छन्। केही सरकारी कार्यालयहरु भने खुल्ला रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Nov 16, 2021| 14:44 मंगलबार, कात्तिक ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।