शनिबार, चैत ७, २०८२

तोकिएबाहेक बढी शुल्क नलिन मेडिकल कलेजलाई आयोगको निर्देशन [शुल्क विवरणसहित]

चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षातर्फ विश्वविद्यालय तथा प्रतिष्ठानहरुमा अध्ययन गर्ने विद्यार्थीसँग तोकिएबाहेकका शुल्क नलिन मेडिकल कलेजलाई निर्देशन दिएको छ।
 |  मंगलबार, कात्तिक ३०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ३०, २०७८

काठमाडौं – चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षातर्फ विश्वविद्यालय तथा प्रतिष्ठानहरुमा अध्ययन गर्ने विद्यार्थीसँग तोकिएबाहेकका शुल्क नलिन मेडिकल कलेजलाई निर्देशन दिएको छ। अभिभावक र विद्यार्थीले विभिन्न बहानामा क्याम्पसले थप शुल्क लिने गरेको गुनासो गरेपछि आयोगले शुल्कका विषयमा पुनः ध्यानाकर्षण गराएको हो। आयोगले सूचना जारी गर्दे शैक्षिक सत्र २०७७/०७८ का लागि निर्धारण भएको शुल्क आयोगले सार्वजनिक गरेको हो।

National life

यस शिक्षण शुल्कभित्र राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा २ को खण्ड (थ) बमोजिम शिक्षण संस्थाले चिकित्सा शिक्षाको अध्ययन अवधिभरमा लिने भर्ना, शिक्षण, ल्याब, पुस्तकालय, सामुदायिक तालिम वा परीक्षा शुल्कसहित समावेश भएकाले आयोगबाट शैक्षिक सत्रका लागि तोकिएबाहेक शिक्षण शुल्कको परिभाषाले निर्देश गरेको क्षेत्रमा विद्यार्थीसँग थप शुल्क नलिन निर्देशन दिएको छ।

आयोगले यससम्बन्धी कुनै गुनासा तथा उजुरीहरु भए आफू अध्ययनरत विश्वविद्यालय तथा प्रतिष्ठानमार्फत कारबाही प्रक्रिया अघि बढाउन आग्रह गरेको छ।
आयोगले विगतमा जस्तै यस शैक्षिक सत्रका लागि पनि शिक्षण शुल्क निर्धारण गरी विश्वविद्यालय तथा प्रतिष्ठानमार्फत कार्यान्वयनका लागि सार्वजनिक गरेको छ।

आयोगले राष्ट्रिय चिकित्सा ऐन,२०७५ को दफा १८ बमोजिम निर्धारण गरेको शिक्षण शुल्क कार्यान्वयन गर्ने गराउने दायित्व विश्वविद्यालय तथा प्रतिष्ठानहरुको भएकाले यससम्बन्धी कुनै गुनासा तथा उजुरीहरु भए आफू अध्ययनरत विश्वविद्यालय तथा प्रतिष्ठानमार्फत कारबाही प्रक्रिया अघि बढाउन आग्रह गरेको छ।

आयोगले चिकित्सा शिक्षातर्फ चिकित्सा शिक्षा स्नातक तह र सो भन्दा माथिका लागि विभिन्न विश्वविद्यालयमा एमबीबीएस पढ्न उपत्यकाभित्र ४० लाख २३ हजार २५० र उपत्यकाबाहिर ४४ लाख ३६ हजार २५ रुपैयाँ निर्धारण गरेको हो।

यस्तै बीडीएस अध्ययन गर्न २० लाख १९ हजार ५ सय ८० रुपैयाँ, बीएससी नर्सिङ अध्ययन गर्न १० लाख, बीएएमएस अध्ययन गर्न १० लाख ९२ हजार ६ सय, बीएनएसका लागि ५ लाख शुल्क निर्धारण गरेको हो। यस्तै आयोगले स्नातकोत्तरतर्फ चिकित्सा शिक्षा अध्ययन गर्न एमडीतर्फ २२ लाख ९९ हजार, आयुर्वेदतर्फ ९ लाख २४ हजार ३ सय ६५ शुल्क निर्धारण गरेको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 16, 2021| 11:54 मंगलबार, कात्तिक ३०, २०७८
प्रतिक्रिया दिनुहोस्