आइतबार, असोज ११, २०८३

पहिरोले घर पुरिँदा पाल्पामा तीन जना बेपत्ता

 |  आइतबार, असोज ११, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, असोज ११, २०८३

पाल्पा- पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा वर्षाका कारण पहिरो खस्दा एक घर पुरिएको छ। पहिरोमा घर पुरिँदा तीन जना बेपत्ता भएका छन्।

आइतबार बिहान करिब ४: ३० बजे पहिरो खसेर लिलबहादुर घर्ती मगरको घर पुरिएको हो।

पहिरोमा परी लिलबहादुर घर्ती मगर, उनकी १७ वर्षीया छोरी दिना घर्ती मगर र छिमेकी मोतिलाल घर्तीकी १५ वर्षीया छोरी झरना घर्ती बेपत्ता भएका छन्।

बेपत्ताको उद्धार तथा खोजीका लागि प्रहरी टोली घटनास्थलतर्फ खटिएको जनाइएको छ।

प्रकाशित: Sep 27, 2026| 10:58 आइतबार, असोज ११, २०८३
प्रतिक्रिया दिनुहोस्