आइतबार, असोज २५, २०८३

१० वर्षको प्रेमपछि राजकुमार राव र पत्रलेखा विवाह बन्धनमा

बलिउड अभिनेता राजकुमार राव र पत्रलेखाले दश वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा बदलेका छन्।
 |  मंगलबार, कात्तिक ३०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ३०, २०७८

काठमाडौं– बलिउड अभिनेता राजकुमार राव र पत्रलेखाले दश वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा बदलेका छन्। हरियाणाका रावले पञ्जाबको चण्डीगढमा १४ नोभेम्बरमा प्रेमिका पत्रलेखासँग द ओबराय रिसोर्टमा सात फेरा लिएका थिए। 

उनीहरुले आफ्नो विवाहको फोटो सामाजिक सञ्जालमा हालेसँगै शुभकामनाको ओइरो लागेको छ। विवाहमा हरियाणाका मुख्यमन्त्री मनोहरलाल खट्टर पुगेपछि उनको विवाह अझै खास भयो। बिहेमा बलिउडका चर्चित कलाकारको भने खासै उपस्थिति थिएन। राजकुमार राव र पत्रलेखाले सिएम खट्टरसँग खिचेको फोटो इन्स्टाग्राममा सेयर गरेका छन्।  

दुवैले नोभेम्बर १३ मा यसै होटलमा इन्गेजमेन्ट गरेका थिए। दुवैले सन् २०१४ मा सिटीलाइट्स फिल्ममा अभिनय गरेका थिए। पत्रलेखा मेघालयको राजधानी शिलोङकी हुन्।

उनी सामान्य परिवारबाट संघर्ष गर्दै बलिउड नगर पुगेकी थिइन्। असमको एक बोर्डिङ स्कुलमा पढाइ सुरु गरेकी पत्रलेखाले उच्चशिक्षा बैंगोलरबाट गरेकी थिइन्। बलिउडमा आउनु अगाडि उनले ब्ल्याकबेरी, टाटा डोकोमो लगायत कैयौं विज्ञापनमा अभिनय गरेकी थिइन्। 


प्रकाशित: Nov 16, 2021| 13:10 मंगलबार, कात्तिक ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।