शुक्रबार, असोज १६, २०८३

सुनको मूल्य तोलामा पाँच सयले बढ्यो

नेपालको सुनचाँदी बजारमा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ५०० ले बृद्धि भएर ९४ हजार ८०० कायम भएको छ।
 |  मंगलबार, कात्तिक ३०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ३०, २०७८

काठमाडौं- नेपालको सुनचाँदी बजारमा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ५०० ले बृद्धि भएर ९४ हजार ८०० कायम भएको छ। सोमबार सुन प्रतितोला ९४ हजार ३०० मा कारोबार भएको थियो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रहेको  छ।  अघिल्लो दिन तेजाबी सुन प्रतितोला ९३ हजार ८०० तोकिएको थियो।

त्यस्तै मंगलबार चाँदीको मूल्य सोमबारका तुलनामा १० ले वृद्धी भएर एक हजार २९० कायम भएको महासंघले जनाएको छ। चाँदी शुक्रबार प्रतितोला एक हजार २८० मा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔँस एक हजार ८६६ डलर आसपासमा कारोबार भइरहेको छ। 


प्रकाशित: Nov 16, 2021| 13:33 मंगलबार, कात्तिक ३०, २०७८
प्रतिक्रिया दिनुहोस्