आइतबार, जेठ १७, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • एमालेका सांसद अनुपस्थित भएपछि प्रदेश १ का मुख्यमन्त्रीले विश्वासको मत लिन पाएनन्

एमालेका सांसद अनुपस्थित भएपछि प्रदेश १ का मुख्यमन्त्रीले विश्वासको मत लिन पाएनन्

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिन नपाई प्रदेश सभा बैठक स्थगित भएको छ।
 |  मंगलबार, कात्तिक ३०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ३०, २०७८
National life
Shivam cement

विराटनगर– प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिन नपाई प्रदेश सभा बैठक स्थगित भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद अनुपस्थित भएपछि प्रदेश सभा बैठक स्थगित भएको हो।

मध्यान्ह १२ बजे बोलाइएको प्रदेश सभा बैठक साढे दुई बजे सुरु भए पनि एक मिनेटमै स्थगित भएको छ। सभामुख प्रदीपकुमार भण्डारीले प्रमुख प्रतिपक्षी दलका सांसद उपस्थित नभएका कारण बैठक स्थगित गरेको जानकारी गराए।

अर्को बैठक भोलि बुधबार ११ः३० बजे बोलाइएको छ। एकीकृत समाजवादीका सांसद राईको नेतृत्वमा प्रदेशमा नयाँ सरकार गठन भएपछि आज मंगबार विश्वासको मत लिने कार्यतालिका तोकिएको थियो। एमालेका तर्फबाट मुख्यमन्त्री बनेका भीम आचार्यले राजीनामा दिएपछि नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीको समर्थनमा राई मुख्यमन्त्री बनेका थिए।


प्रकाशित: Nov 16, 2021| 14:57 मंगलबार, कात्तिक ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।