अब लिगको उद्घाटन खेल मंसिर ३ गते पौने ५ बजे दशरथ रंगशालामा हुनेछ। सो दिन एक खेलमात्र हुनेछ। उद्घाटन खेलमा फ्रेण्ड्स क्लबले सातदोबाटो युथ क्लबको सामना गर्नेछ।
राष्ट्रिय मानव अधिकार आयोगसहित संवैधानिक आयोगका ३९ पदाधिकारीले सर्वोच्च अदालतमा उत्पन्न विवाद समाधानका लागि बार र बेन्च दुवैलाई लचिलो बन्न अपिल गरेका छन्।
नेपाल ट्रक यातायात व्यवसायी महासंघ लुम्बिनी प्रदेश र पश्चिमाञ्चल यातायात व्यवसायी समितिले संयुक्त विज्ञप्ती जारी गर्दै मूल्य वृद्धि फिर्ता नलिए ढुवानीका साधन घर ग्यारेजमा थन्काउने चेतावनी दिएका छन्।
नेपाल राष्ट्र बैंकले गत वर्षको तुलनामा महँगी बढेको बताएको छ। गत आर्थिक वर्षको असोजको तुलनामा यस वर्ष असोजमा ४.२४ प्रतिशतले महँगी बढेको राष्ट्र बैंकले बताएको हो।