काठमाडौं– नेपालका निश्चल कायस्थले काठमाडौं-एसियन यु–१४ र्याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट–१ को ब्वाइज सिंगल्समा मंगलबार जित निकालेका छन्।
सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा निश्चलले नेपालका निशाद जोशीलाई ६–३ र ६–२ को सोझो सेटमा पराजित गरेका हुन्।
आजै भएको अर्को खेलमा स्पर्धामा आयुष्मान घलेले श्लोककेशर खड्कालाई ६–० र ६–१ ले पराजित गरे। त्यस्तै, दर्शिल श्रेष्ठले आद्रित नेपाललाई ६–० र ६–१ तथा भारतका अमिर मुहम्मद मजारीले नेपालका श्रृजन भट्टराईलाई ६–० र ६–१ को सिधा सेटमा हराए।
नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको गर्ल्स सिंगल्समा इभा अधिकारीले प्राज्ना मानन्धरलाई ६–२ र ६–३को सेटमा हराइन्।
त्यस्तै, प्रशंसा मोक्तानले जेनी खड्कालाई ६–० र ६–०, शिभाली गुरुङले कृषा अधिकारीलाई ६–४ र ६–३ तथा सुनिरा थापाले आध्या पौडेललाई ६–२, ४–६ र ६–२ को सेटमा पाखा लगाए।
ब्वाइज डबल्समा बोरिस अधिकारी र निशाद जोशी तथा आयुष्मान हजुर घले र सक्षमविक्रम शाहको जोडी विजयी भए।
सोही स्पर्धाको गल्र्समा प्रशंसा मोक्तान र सुनिरा थापा तथा जेनी खड्का र कर्मिस्था श्रेष्ठको जोडीले सफलता पाए।