शुक्रबार, असोज १६, २०८३

रेमिट्यान्स आप्रवाह घट्यो

नेपाल राष्ट्र बैंकले यस वर्षको असोजमा रेमिट्यान्स आप्रवाहमा कमी आएको जानकारी गराएको छ।
 |  मंगलबार, कात्तिक ३०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ३०, २०७८

काठमाडौं– नेपाल राष्ट्र बैंकले यस वर्षको असोजमा रेमिट्यान्स आप्रवाहमा कमी आएको जानकारी गराएको छ। मंगलबार असोज महिनाको आर्थिक एवं वित्तीय अवस्था सार्वजनिक गर्दै राष्ट्र बैंकले रेमिट्यान्समा कमी आएको जानकारी दिएको हो। 

गत वर्ष असोजको तुलनामा यस वर्ष असोजमा ७.६ प्रतिशतले रेमिट्यान्समा कमी आएको राष्ट्र बैंकले उल्लेख गरेको छ। यस वर्ष असोजमा २ खर्ब ३९ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स आएको राष्ट्र बैंकले उल्लेख गरेको छ। गत वर्ष असोजमा रेमिट्यान्स १२.७ प्रतिशतले बढेको थियो।

असोज महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रमस्वीकृति लिने नेपालीको संख्या उल्लेख्य रुपमा बढेको छ। असोजमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रमस्वीकृति लिने नेपालीको संख्या ६६ हजार ३१६ पुगेको छ। गत वर्ष असोजमा अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ९६.८ प्रतिशतले घटेको राष्ट्र बैंकको भनाइ छ।

नेपाल राष्ट्र बैंकका अनुसार वैदेशिक रोजगारीका लागि पुनः श्रमस्वीकृति लिने नेपालीको संख्या ३४ हजार ८२३ पुगेको छ। सो संख्या पनि गत वर्ष असोजको तुलनामा बढेको राष्ट्र  बैंकको भनाइ छ। गत वर्ष पुनः श्रमस्वीकृति लिनेको संख्यामा ७८.६ प्रतिशतले कमी आएको थियो।


प्रकाशित: Nov 16, 2021| 16:45 मंगलबार, कात्तिक ३०, २०७८
प्रतिक्रिया दिनुहोस्