सुर्खेत– कर्णाली प्रदेशमा नयाँ सरकार गठन भएको १५ दिनपछि सरकारले पूर्णता पाउने भएको छ।
सरकारलाई पूर्णता दिन आज मंगलबार मुख्यमन्त्री जीवनबहादुर शाहीले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्। साँझ ५ः३० बजे मन्त्रिपरिषद् विस्तार गर्ने मुख्यमन्त्री कार्यालयले जनाएको छ। नवनियुक्त मन्त्रीहरुको शपथ आज नै पद तथा गोपनियताको शपथ लिने तयारी छ। ५ः३० बजे प्रदेश कार्यालयमा मन्त्रीहरुले शपथ लिने तयारी छ।
कात्तिक १५ गते तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई सरकारको नेतृत्व हस्तान्तरण गरेका थिए। मुख्यमन्त्री शाहीले कात्तिक १६ गते शपथ लिए पनि मन्त्रालयको भागबन्डा नमिलेका कारण सरकारलाई पूर्णता दिन सकेका थिएनन्।