शुक्रबार, मंसिर २२, २०८०
  • गृहपृष्ठ
  • कला/साहित्य
  • 'सूर्यवंशी'ले १०० करोड कमाएपछि अक्षय कुमारको प्रतिक्रिया : हिटको फर्मुला कोहीसँग पनि छैन

'सूर्यवंशी'ले १०० करोड कमाएपछि अक्षय कुमारको प्रतिक्रिया : हिटको फर्मुला कोहीसँग पनि छैन

दर्शकले मलाई यति माया गर्नुभयो, जसले गर्दा म आफूलाई निकै भाग्यमानी सम्झन्छु। यसका लागि म दर्शकप्रति आभारी छु।’
 |  मंगलबार, कात्तिक ३०, २०७८
averest bankaverest bank

बीबीसी

बीबीसी

मंगलबार, कात्तिक ३०, २०७८

सुपर स्टार अक्षय कुमारको हालै रिलिज ‘सूर्यवंशी’ ले एक करोड बढीको व्यापार गरेपछि बलिउड फिल्म उद्योगका निर्देशक निर्माता उत्साहित भएका छन्।  

sagarmatha cement

कोरोना महामारीका कारण भारतमा एक वर्षअघिदेखि फिल्म हल खुल्ने पर्खाइमा थियो। महाराष्ट्रमा पनि लामो समयसम्म फिल्म हल बन्द रह्यो। गत महिना महाराष्ट्र सरकारले आधा सिटमा मात्र दर्शक राखेर फिल्म चलाउन अनुमति दियो। सोही क्रममा सूर्यवंशी यस्तो फिल्म बन्यो जसले दर्शकलाई एकपटक फेरि हलमा बोलाउने जिम्मेवारी पाएको छ। र व्यावसायिक रूपमा फिल्म सफल पनि रह्यो।

यसअघि अक्षय कुमारको फिल्म बेलबाटमले पनि दर्शकको मन जित्ने प्रयास त गरेको थियो तर हल बन्द भएका कारण बक्स अफिसमा त्यति राम्रो जम्न सकेन। सूर्यवंशीले रिलिज भएको पहिलो सातामै १०० करोड रुपैयाँ कमाइ गरेर निर्माता निर्देशकको हौसला बढाएको अक्षय कुमार बताउँछन्। यद्यपि अक्षय कुमार आफ्नो फिल्म ‘हिट’ हुने फर्मुला अहिलेसम्म कसैले थाहा नपाएको दाबी गर्छन्। 

सूर्यवंशी अक्षयकुमारको करियरको १५ औं फिल्म हो जो १०० करोड क्लबमा दर्ता हुन सफल भएको छ। यसअघि एयर लिफ्ट, गोल्ड, होलिडे, राउडी राठौर, हाउसफुल सिरिज, रुस्तम, जोली एल एलबी, केसरी, ट्वाइलेट एक प्रेम कथाले १०० करोड आम्दानी गरेर रेकर्ड राखेको छ। 

दर्शकले मलाई यति माया गर्नुभयो, जसले गर्दा म आफूलाई निकै भाग्यमानी सम्झन्छु। यसका लागि म दर्शकप्रति आभारी छु।’

पछिल्लो फिल्म सूर्यवंशी १०० करोड क्लबमा दर्ता भएपछि अक्षय कुमारले दर्शकलाई आभार व्यक्त गरेका छन्। उनले भनेका छन्, ‘दर्शकले मलाई यति माया गर्नुभयो, जसले गर्दा म आफूलाई निकै भाग्यमानी सम्झन्छु।’ उनले महामारीबाट मुक्त भएर फिल्ममा जाने, टिकट किन्ने र परिवारसँग मिलेर फिल्म हेर्ने क्रम सुरु भएको बताए। उनले भने, ‘यसका लागि म दर्शकप्रति आभारी छु।’

worldlink

सूर्यवंशीमा अक्षय कुमारका साथ अजय देवगण र रणवीर सिंह प्रमुख भूमिकामा देखा परेका छन्। फिल्मबारे टिप्पणी गर्दै अक्षय कुमारले भनेका छन्, ‘अभिनय वा स्टार भनेको केही होइन किनकि असल स्टार त स्क्रिप्ट र स्क्रिन प्लेमा हुन्छ।’ उनका अनुसार फिल्म हिट हुनुमा पहिलो भूमिका निर्देशक र लेखकको हुन्छ। अनि मात्र अभिनेताको भूमिका आउँछ। 


 ३० वर्षको फिल्म करियरमा अक्षयकुमारले अभिनय गरेका कैयन् फिल्म सफल भएका छन्। तर उनी फिल्म सफलताको मूल्यांकनबारे अनभिज्ञता व्यक्त गर्दछन्। उनी भन्छन्, ‘फिल्मको सफलताको फर्मुला कसैलाई पनि थाहा हुँदैन। फिल्म चल्नुको खास कारण के हो भन्ने पनि कसैले बताउन सक्दैन।’

अक्षय कुमारलाई फिल्म उद्योगमा सफल सुपरस्टार मानिन्छ। उनी वर्षमा चारदेखि पाँच वटा फिल्ममा अभिनय गर्छन्। उनका फिल्मको औसत कमाइ १०० करोडभन्दा बढी नै हुन्छ।

उनका अनुसार स्क्रिप्ट राम्रो छ भने फिल्म राम्रो बन्छ। कतिपय अवस्थामा दर्शक ठगिएर यस्तो फिल्म हेर्न त कुकुर पनि आउँदैन भन्ने गरेको गुनासो पनि उनले नसुनेका होइनन्। उनले भनेका छन्, ‘त्यस्ता फिल्मको ट्रायल पनि त्यही हो जहाँ मानिसले आफ्नो अनुहार लुकाएर फिल्म कस्तो भयो भनेर कसैले सोध्दैनन् र ती फिल्म हिट हुन्छन्।’ उनी जुन फिल्म हाँसीखुसी निर्माण भएको हुन्छ त्यसको परिणाम पनि उत्कृष्ट हुने बताए। 

अक्षय कुमारलाई फिल्म उद्योगमा सफल सुपरस्टार मानिन्छ। उनी वर्षमा चारदेखि पाँच वटा फिल्ममा अभिनय गर्छन्। उनका फिल्मको औसत कमाइ १०० करोडभन्दा बढी नै हुन्छ। बलिउड फिल्म उद्योगमा १०० करोडको आँकडाबाट अक्षय कुमारले प्रभावित गर्दै आएका छन्। फिल्मको कमाइबाट उनलाई हौसला मिल्छ र उनी धेरैभन्दा धेरै फिल्म निर्माणमा खर्च गर्न सकून्।

उनी भन्छन्, ‘म यो फिल्म उद्योगमा स‌ंलग्न छु। यहाँ म कमाउनेछु। त्यो कमाइ यही उद्योगमा लगाउँछु। म चाहन्छु फिल्म हल खुलून्। बढीभन्दा बढी आम्दानी होस्। यसको कमाइ ३०० वा ४०० करोड मात्र होइन ८०० करोडसम्म पुग्न सक्छ। किनकि यसमा भारतमा धेरै क्षमता छ तर फिल्म हल थोरै छन्।’

प्रकाशित: Nov 16, 2021| 16:22 मंगलबार, कात्तिक ३०, २०७८
kumari bankkumari bank
Everest bankEverest bank
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

वसन्त चौधरीको 'हृदयमा बलेको साहित्यको आगो'

वसन्त चौधरीको 'हृदयमा बलेको साहित्यको आगो'

हृदयमा कति आगो बलेको छ भन्ने कुरा हृदयमै चिहाएर हेर्न र बाहिरी ओठको मात्र नभएर भित्री खुसी खोजेर खबर सम्प्रेषण गर्न अर्थात् छाप्न पत्रकारहरूलाई नै...
पोखरामा चिनाइँदै जनकपुरको मिथिला संस्कृति

पोखरामा चिनाइँदै जनकपुरको मिथिला संस्कृति

जनकपुरको धार्मिक, ऐतिहासिक, पौराणिक मिथिला संस्कृतिलाई पोखरेलीसामु ल्याउन प्रदर्शनी गर्न लागिएको हो।
थिमिमा कुभिण्डे जात्रा मनाइयो

थिमिमा कुभिण्डे जात्रा मनाइयो

कुभिण्डे जात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपातील्याई तलेजू दसैंघरमा भित्र्यापछि नवमीका दिन राँगो र बोकाको टाउको बलि दिने परम्परा रहिआएको छ।
वरिष्ठ गायिका दिलमाया खातीको निधन

वरिष्ठ गायिका दिलमाया खातीको निधन

करिब डेढ सय बढी नेपाली गीत गाएकी उनको ८४ वर्षको उमेरमा गए राती निधन भएको हो।
६ दशकपछि सम्झिइएका टेकवीर मुखिया 

६ दशकपछि सम्झिइएका टेकवीर मुखिया 

जसले इन्द्रबहादुर राईदेखि भूपि शेरचन, लक्ष्मीप्रसाद देवकोटादेखि वीपी कोइराला र पारिजातसम्मका कृतिहरुको आवरण चित्र बनाएर अक्षरलाई कलाको माध्यमबाट मुखरित गरिदिए।