सहिद स्मारक ए डिभिजन लिगमा उपाधि दाबेदार मनाङ मर्स्याङ्दी क्लबले आफ्नो पहिलो खेलमा जावलाखेल यूथ क्लब प्रतिद्वन्द्वी पाएको छ। उसले आज पौने ५ बजे दशरथ रंगशालामा जावलाखेलविरुद्ध खेल्दै लिगको सुरुआत...
काठमाडौं र ललितपुर प्रहरी परिसर प्रमुख फेरिएका छन्। काठमाडौं प्रहरी परिसरको कमाण्ड एसएसपी सुदीप गिरीले समाल्ने भएका छन् भने ललितपुर परिसरको नेतृत्व एसएसपी यज्ञबिनोद पोखरेलले सम्हाल्ने भएका छन्।
फ्रेन्च क्लब पीएसजीबाट फरवार्ड लियोनेल मेस्सीले लिग वानमा पहिलो गोल गरेका छन्। शनिबार रातिको खेलमा उनले पहिलो गोल गरेसँगै पीएसजीले नान्टेसविरुद्ध ३–१ गोलको जित निकालेको छ।
स्पेनिस शीर्ष डिभिजनको फुटबल ला लिगामा एट्लेटिको मड्रिडले जित निकालेको छ। एट्लेटिकोको वान्डा मेट्रोपोलिटानो रंगशालामा भएको खेलमा उसले ओसासुनलाई १–० गोलअन्तरले हराएको हो।
दाङको लमहीमा बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन्। सुर्खेतबाट काठमाडौं जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ०२१९ नम्बरको बस लमही नगरपालिका–३ नारायणपुरमा गएराति पौने २ बजे दुर्घटनामा परेको...
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड फेरि पराजित भयो। उसले वाटफोर्डको मैदानमा घरेलु टिमसँग ४–१ गोलको हार बेहोर्दा लिगका पछिल्ला पाँच मध्ये चार खेलमा पराजित भएको छ।
देखेको रेलले भन्दा पनि सुनेको रेलले यो गीत बन्न सघाएको बताउँछन्, ‘गाउँघरमा लाहुरेहरुले सुनाउने रेलको कथा निकै घतलाग्दो हुन्थ्यो। त्यो बिम्ब गहिरोगरी बसेको छ।’
हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। हाल प्रदेश नम्बर १, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहेको र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।