बुधबार, भदौ १७, २०८३

एट्लेटिको र बार्सिलोनोको उस्तै जित

स्पेनिस शीर्ष डिभिजनको फुटबल ला लिगामा एट्लेटिको मड्रिडले जित निकालेको छ। एट्लेटिकोको वान्डा मेट्रोपोलिटानो रंगशालामा भएको खेलमा उसले ओसासुनलाई १–० गोलअन्तरले हराएको हो।
 |  आइतबार, मंसिर ५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ५, २०७८

काठमाडौं– स्पेनिस शीर्ष डिभिजनको फुटबल ला लिगामा एट्लेटिको मड्रिडले जित निकालेको छ। एट्लेटिकोको वान्डा मेट्रोपोलिटानो रंगशालामा भएको खेलमा उसले ओसासुनलाई १–० गोलअन्तरले हराएको हो।

एट्लेटिकोको जितका लागि फिलिपेले खेलको ८७ औं मिनेटमा निर्णायक गोल गरेका थिए।ब

शनिबार रातिकै अर्को खेलमा भने बार्सिलोनाले एस्पानोयलविरुद्ध १–० गोलको जित निकालेको छ। घरेलु मैदान क्याम्प नोउमा बार्सिलोनाका मेम्फिस डिपेले पेनाल्टीको सदुपयोग गर्दै गोल गरे।

यससँगै २० अंक बनाएको बार्सिलोना छैटौं स्थानमा उक्लिएको छ। प्रशिक्षक जाबी हर्नान्डेजको बार्सिलोनाबाट पहिलो खेल थियो। खेलाडीका रूपमा लामो समय बार्सिलोनामा व्यतीत गरेजा दुई हप्ताअघि मात्र क्याम्प नोउ फर्किएका थिए।

 यता गएराति नै जित निकालेको एट्लेटिको मड्रिड भने २६ अंकका साथ चौथो स्थानमा छ। बार्सिलोना शीर्षस्थानको सेभियाभन्दा आठ अंकले पछि छ भने एट्लेटिको चार अंकले पछि छ।

प्रकाशित: Nov 21, 2021| 08:55 आइतबार, मंसिर ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।