आइतबार, असार २१, २०८३

मेस्सीले लिग वानमा गरे पहिलो गोल

फ्रेन्च क्लब पीएसजीबाट फरवार्ड लियोनेल मेस्सीले लिग वानमा पहिलो गोल गरेका छन्। शनिबार रातिको खेलमा उनले पहिलो गोल गरेसँगै पीएसजीले नान्टेसविरुद्ध ३–१ गोलको जित निकालेको छ।
 |  आइतबार, मंसिर ५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ५, २०७८

काठमाडौं– फ्रेन्च क्लब पीएसजीबाट फरवार्ड लियोनेल मेस्सीले लिग वानमा पहिलो गोल गरेका छन्। शनिबार रातिको खेलमा उनले पहिलो गोल गरेसँगै पीएसजीले नान्टेसविरुद्ध ३–१ गोलको जित निकालेको छ।

खेलको ६५ औं मिनेटमै गोलकिपर केलियर नभास रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए। यससँगै १० खेलाडीमा समेटिएको टिममा खेलको ६८ औं मिनेटमा नेयमारलाई पनि प्रशिक्षक माउरिसियो पोचेतिनोले सब्टिच्युट गरेका थिए।

त्यसपछि पीएसजीले दुई गोल गर्‍यो। खेलको दोस्रो मिनेटमै एम्बाप्पेल गोल गरेपछि पहिलो हाफ र दोस्रोहाफको ८० औं मिनेटसम्म गोल भएको थिएन।

तर ८१ औं मिनेटमा नान्टेसका डेन्निस अफाहले आफ्नै पोस्टमा गोल गरे। त्यस्तै, एम्बाप्पले नै दिएको पासमा मेस्सीले ८७ औं मिनेटमा गोल गरेका थिए। उनले २० यार्डबाट गरेको प्रहार गोलमा परिणत भएको थियो।

यता नान्टेसका रान्दर कोलो मौआनीले ७६ औं मिनेटमा गोल गरेका थिए।

यो जितसँगै पीएसजीले आफ्नो सुरुआति १४ खेलमध्ये १२ खेलमा जित निकालेको छ। उसले लिगमा यो उपलब्धि हाँसिल गरेको पाँचौं पटक हो। उसले यसरी लगातार जित निकालेको हरेक सिजन उपाधि जितेको छ।

गएरातिको जितसँगै पीएसजीले शीर्षस्थानमा १२ अंकको अग्रता बनाएको छ। जहाँ दोस्रो स्थानको रेन्निको २५ अंक छ भने पीएसजीको ३७ अंक छ।

प्रकाशित: Nov 21, 2021| 09:15 आइतबार, मंसिर ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।